शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नाटकीय खेलमा लिभरपुल विजयी, युनाइटेड पराजित

सोमबार, २४ फागुन २०७२, ११ : ३५
सोमबार, २४ फागुन २०७२
लिभरपुल – १० खेलाडीमा सिमित लिभरपुले क्रिस्टल प्यालेसविरद्ध नाटकीय जित निकालेको छ । आइतबार सम्पन्न खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुल विजयी बनेको हो । प्यालेसले जोइ लेड्लीको गोलको मद्दतले अग्रता लिएको थियो । एक गोलले पछि परेको अवस्थामा जेम्स मिल्नरले रातो कार्ड खाँदै बाहिरिएपछि लिभरपुल थप दबाबमा परेको थियो । तर, प्यालेसका गोलकिपरको गल्तीको फाइदा उठाउँदै रोबर्टो फर्मिन्होले लिभरपुललाई खेलमा फर्काए । खेलको अतिरिक्त समयमा क्रिस्टियन बेन्टेकेले पाएको पेनाल्टीको फाइदा उठाउँदै लिभरपुललाई नाटकीय जीत दिलाए । प्यालेसले पछिल्ला १२ खेलमा जीत हासिल गर्न सकेको छैन । उता, १० खेलाडीमा सिमित बनेको म्यान्चेस्टर युनाइटेड भने वेस्ट ब्रोमसँग पराजित बनेको छ । ३२ वर्षमा वेस्ट ब्रोमले युनाइटेडलाई पहिलो पटक पराजित गरेको हो । वेस्ट ब्रोमलाई जित दिलाउन सालामोन रोन्डोनले निर्णायक गोल गरे । हुवान माटाले खेलको २६ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सिमित बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप