पूर्वमन्त्रीको बिजोग : झण्डै पार्टी खारेज, केन्द्रीय पार्टी कार्यालय बन्द
काठमाडौ—डा.बाबुराम भट्टराई नेतृत्व सरकारमा सूचना तथा सञ्चारमन्त्री समेत रही सकेका राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टी खारेज हुनबाट जोगिएको छ । अध्यक्ष यादवले आफ्नो पार्टीको तीन वर्षको आय व्याय नबुझाएको कारण निर्वाचन आयोगले जरिवाना भने गरेको छ । तीन आर्थिक वर्षको आय व्याय नुबझाएको भन्दै आयोगले उनको पार्टीलाई खारेज गर्ने प्रकृया शुरु गरेको थियो तर अध्यक्ष यादवले आयोगका कार्यवाहक प्रमुख आयुक्त आयोधिप्रसाद यादवलाई भनसुन गरेर कारवाही हुनबाट जोगाएका हुन् । अध्यक्ष यादव मन्त्री भएको बेला अयोधिप्रसाद यादवलाई आयुक्त बनाउनमा सहयोग गरेको कारण पार्टी जोगाउनका लागि उनले सहयोग गरेको स्रोतको भनाई छ । अझै पनि आय व्याय नबुझाए अर्कोपटक भने कारवाहीमा पर्ने बताइएको छ । एकजना सभासद् समेत रहेको सो पार्टीको अवस्था यस्तो छ कि केन्द्रीय कार्यालय समेत बन्द गराएको छ । पार्टी कार्यालयको भाडा तिर्न नसकेको कारण विजुली बजारस्थित मदन मेमोरियल क्याम्पस नजिक रहेको पार्टी कार्यालयलाई बन्द गरी त्यसको फर्निचर तथा सामानहरु हाल आफ्नै निवासमा राखिएको पार्टी स्रोतले जनाएको छ । तर, मधेसी मोर्चाको एकघटक रहेको फोरम गणतान्त्रिक पार्टी कार्यालयको भाडा तिर्न नसकेर भन्दा पनि पार्टीमा कोही नभएका कारण कार्यालयमा कोही आवतजावत नगर्ने भएकाले बेकारमा किन भाडा मात्र तिरी राख्ने भन्दै कार्यालय बन्द गराएको पार्टीका एक नेताले बताए । जयप्रकाश गुप्ता जेल परेपछि सहअध्य रहेका राजकिशोर यादवले सो पार्टी आफ्नो कब्जामा लिएका थिए । कब्जामा मात्र होइन, पार्टीको अध्यक्ष भएर सूचना तथा सञ्चार मन्त्री पनि भए । सञ्चार मन्त्री भएको बेला उनको पार्टी ठीक–ठाक नै थियो । उनले वीरगञ्ज महाधिवेशन गराएर पुनः अध्यक्ष पनि बने तर जब मन्त्री पदबाट हटे अनि नेताहरुले उनको पार्टी छाड्दै अन्य पार्टीमा प्रवेश गर्न थाले । वरिष्ठ नेता राजलाल यादव फोरम नेपालमा प्रवेश गरे भने केन्द्रीय सदस्य सिताराम अग्रवाल, महासचिव अकवाल अहमद, नेता बीप यादव तमलोपा पार्टीमा गए भने अन्य नेताहरु पनि विस्तारै विस्तारै छाडेर हिँडे । राजकिशोर यादवले आफ्नो श्रीमती सरिता यादवलाई सभासद् बनाएपछि पार्टीमा झनै असन्तुष्टि बढ्दै गयो । त्यही भएर आज पार्टी यो अवस्थामा पुगेको सो पार्टीका एकजना केन्द्रीय नेता रातोपाटीलाई बताए । पहिलो संविधानसभामा सिरहा ६ नं. क्षेत्रबाट जितेका राजकिशोर यादव दोस्रो सविधानसभामा नराम्री गरि पराजित भए । पराजित भएपनि उनले समानुपातिकमा एउटा सभासद् पद् प्राप्त गरे । त्यसमा पनिअरुलाई सभासद् बनाउनु पर्ने ठाउँमा पार्टी फुट्ने डरले आफ्नै श्रीमातीलाई सभासद् बनाए । उनको पत्नीलाई राजनीतिको कुनै ज्ञान नभएको र पार्टीको नाममा एक दिन क्षेत्रमा पनि नगएको आरोप उनीमाथि पार्टीभित्रै आरोप लाग्दै आएको छ । संविधानसभा चुनावपछि उनी केही दिन कुनै मोर्चा वा गठबन्धनमा गएनन् । पछि, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा सहभागि भए तर त्यहाँ धेरै दिन टिक्न सकेनन् । मोर्चाबाट विजयकुमार बाहिरीएपछि उनी पनि बाहिरीएका थिए र गच्छदारसँग संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका थिए । तर पछि ओली सरकारमा गच्छदार सहभागि भएपछि केही दिन शरतसिंह भण्डारीसँग मोर्चामा रहे । त्यसपछि जेपी गुप्ता र अनिल झालाई समेटेर संघीय समावेशी मधेशी गठबन्धन बनाए, हाल उनी मधेशी मोर्चामा आवद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण