शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

छ वटा गाविसमा रहेका वनहरु उच्च जोखिममा

सोमबार, २४ फागुन २०७२, १३ : १६
सोमबार, २४ फागुन २०७२

दाङ–जिल्ला वन कार्यालयका दाङले आगलागीको दृष्टिकोणले दाङका छ वटा गाविसमा रहेका वनहरु उच्च जोखिमा रहेको बताएको छ । चुरे क्षेत्रसँग जोडिएका राजपुर, वेला, गढवा, सतवरिया, धर्ना, फूलबारी क्षेत्रका वनहरु डढेलोको उच्च जोखिममा रहेको जिल्ला वन कार्यालय दाङका वन अधिकृत नबराज काफ्लेले बताए ।

‘गर्मी सिजनामा खर, घाँस, च्याउ, उत्पादनमा वृद्धि हुन्छ भन्ने जन विश्वासका कारण कतिपय नागरिकले वनमा आगो लगाउने गर्छन, भने कतिपयले खाएको चुरोटको ठुटा ननिभाएर फ्याँकदा त्यसले आगलागीका घटनाहरु हुने गर्छन्,’ वन अधिकृत काफ्लेले भने । त्यसका लागि सचेतना फैलाउन प्रत्येक वन समूहमा अग्नी नियन्त्रण सम्बन्धि गोष्ठि संचालन गरिरहेको उनको दाबी छ ।

जिल्लाको अग्नी नियन्त्रणको लागि गाउँ तहमा १ सय ३२ वटा अग्नी नियन्त्रण समूह र इलाकामा १५ वटा समूह गठन भएका छन् । जिल्ला वनले इलाकास्तरमा गठन भएका सञ्जाल र वन रक्षकहरुलाई स्वीटर, टर्च सावेल, लगायतका १८ प्रकारका सामग्रीहरु सञ्जालहरुलाई वितरण गरिसकेको जनाएको छ । डढेलो नियन्त्रणका लागि बार्षिक करिब १९ लाख खर्च हुने गरे पनि उपलब्धी भने खासै नदेखिएको सरोकारवाला निकायले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप