कांग्रेस महामन्त्रीमा विपीपुत्र विजयी, किन हारे केसी ?
काठमाडौं– कांग्रेस महामन्त्रीमा विपी कोइरालाका पुत्र शशांक कोइराला विजयी भएका छन् । १३ औं महाधिवेशनमा रामचन्द्र पौडेल प्यानलबाट महामन्त्रीमा चुनाव लडेका उनी निकटतम् प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीलाई हराउँदै विजयी भएका हुन् । उनले १४१७ मत ल्याए । यस्तै निकतटम् प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीले १०१७ भोट ल्याए भने गगन थापा ५८४ भोट ल्याएर तेस्रो भए ।
यसअघि सोमबार मध्यराती सम्पन्न भएको मतगणनाबाट सभापतिमा शेरबहादुर देउवा विजयी भएका थिए । तर महामन्त्रीमा भने देउवा पक्षबाटै चुनाव लडेका केसी भारी मतका साथ पराजित हुन पुगे । केसी हारका कारण संस्थापन निकटका नेता मानिने नेता केसी चुनावको मुखमा एकाएक देउवा क्याम्पमा प्रवेश गरेका हुन् । पदाधिकारीमा चुनाव लड्ने रणनीतिमा लागेका उनले संस्थापनबाट स्थान नपाएपछि शेरबहादुर देउवा क्याम्पमा लागेको कांग्रेस बृत्तमा चर्चा छ । देउवा क्याम्पमा पुगेसँगै महामन्त्रीको उम्मेद्वार बनेका उनी पहिलो पटक पदाधिकारी बन्ने योजनामा थिए । तर, शशांकसँग हारेसँगै उनको सपना चकनाचुर भयो । बरु कांग्रेसभित्र कनिष्ट भएपनि महामन्त्रीको उम्मेद्वारी दिएका गगनले कम मत ल्याएपनि सन्तोषजनक मत ल्याए । गगन प्यानलका सभापतिका उम्मेद्वार सिटौलाले भन्दा उनले बढी भोट ल्याएका हुन् । यसरी गगनले सम्मानजनक भोट ल्याउँदा केसीको भोट घट्न पुग्यो भने वीपी पुत्र शशांकलाई फाइदा पुग्यो । गुट परिवर्तन गरेर देउवामा लाग्नु, देउवा पक्षले पनि मन नपराउनु र आफ्नै ज्वाई गगनले भोट काटिदिँदा केसी पछि परेको कांग्रेसी नेताहरु तर्क गर्छन् ।
पौडेल पक्षलाई राहत संस्थापन पक्ष देउवालाई सभापति हुनबाट रोक्न चाहन्थ्यो तर त्यो सफल हुन सकेन । सोमबार सम्पन्न मतपरिणामअनुसार देउवा भारी मतका साथ सभापतिमा विजयी भएका थिए । पौडेलले १२९६ मत ल्याउँदा देउवाले १८२२ मत ल्याउन सफल भए । यसरी देउवासँग ५२६ मतको अन्तरले रामचन्द्र पराजित भएसँगै तनावमा रहेको संस्थापनलाई शशांकको जीतसँगै राहत मिलेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण