अपडेट : सानेपामा सुरु भयो खुल्लातर्फ २५ कांग्रेस केन्द्रीय सदस्यको मतगणना
बुधबार, २६ फागुन २०७२, १४ : १८
काठमाडौ– कांग्रेस केन्द्रिय सदस्य अन्तर्गत खुल्लातर्फको मतगणना सुरु भएको छ । नेपाली कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले खुल्लातर्फको मतगणना पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु भएको दिए । कांग्रेस विधानअनुसार खुल्लातर्फ २५ जना केन्द्रिय सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । घिमिरेले खुल्लातर्फको मतगणना सकिएपछि आरक्षण तर्फको मतगणना हुने जानकारी दिए । यसअघि सभापति, महामन्त्री र कोषध्यक्षको मतपरिणाम आइसकेको छ । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् भने महामन्त्रीमा रामचन्द्र पौडेल प्यानलका शशांक कोइराला र कोषाध्यक्षमा पौडेल प्यानलकै सितादेबी यादव निर्वाचित भएकी छन् । कांग्रेसको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण