शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हवाई हमलामा सोमालियाका १ सय ५० विद्रोही मारिएको अमेरिकी दाबी

मङ्गलबार, २५ फागुन २०७२, १९ : ५७
मङ्गलबार, २५ फागुन २०७२
सोमालिया – अमेरिकाको हवाई हमालामा परेर सोमालियाको विद्रोही संगठन अल सवावका १ सय ५० मारिएको पेन्टागनले जनाएको छ । यता, अल सबाबले भने अमेरिकाको दाबी झूठो रहेको प्रतिक्रिया दिएको छ । अ

ल सबाबका प्रवक्ता शेख अब्दियासिस अबू मुसबले अमेरिकाले आफ्नो क्याम्पमा हमाला गरेको खबर साँचो भएपनि यति ठूलो संख्यामा आफ्ना सैनिक नमारिएको बताएका छन् । ‘हामी कहिल्यै १ सय लडाकूलाई समेत एकै स्थानमा भेला गराउँदैनौ । हामीलाई थाहा छ हामीमाथि सुरक्षा खतरा छ र हाम्रो आकाश पुरै प्लेनले घेरिएको छ ।’ यसअघि अल सवावको टे«निङ क्याम्पमा अमेरिकी सेनाले हमाला गर्दा १ सय ५० को संख्यामा विद्रोहीहरु मारिएको पेन्टागनका प्रवक्ता क्याप्टेन जिफ डेभिसले बताएका थिए । अल सवावले ठूलो आक्रमणको तयारी थाल्दै अभ्यास गरिरहेको उनको दाबी छ । ‘ हामीलाई प्राप्त जानकारीअनुसार उनीहरु क्याम्प छाड्दै थिए र उनीहरुले अमेरिका र अन्य अफ्रिकी सेनामाथि ठूलो आक्रमणको तयारी गरेका थिए ।’ प्रवक्ता डेभिसले ड्रोन र हवाईजहाज दुबैबाट हमाला गरिएको बताएका छन् । उनले सोमालियाको राजधानीबाट १ सय ९५ किलोमिटर उत्तरतर्फ पर्ने रासो क्याम्पमा अमेरिकी सेनाले हमाला गर्दा १ सय ५० विद्रोही मारिएको बताए । उनले क्याम्पमा अझै केही समय अमेरिकी सेनाले निगरानी गर्ने बताए । प्रत्यक्षदर्शीहरुले भने अमेरिकाले आक्रमण गरेपछि अलसबाबका विद्रोहीहरुले रोसो गाउँका थुप्रै घरमा छिरेर सर्वसाधारणलाई पक्राउ गरेको बताएका छन् । अल सबाब सोमालियामा अल कायदाको आधिकारीक संगठन हो । यसअघि २०११ मा शान्ति सेनाले यो संगठनको प्रभावलाई राजधानी मोघाडिसूमा निर्मूल गरेको थियो । तर पछिल्लो समय अल सबाबले पश्चिमाहरुको समर्थन रहेको सोमालियाको सरकारलाई हटाउन आफ्नो कारबाही तिव्र पारेको छ ।

२०१६ मा अल सबाबका प्रमुख आक्रमण – २८ फेब्रुअरीमा बाइडोआमा एक रेस्टुरेण्टमा हमाला, कम्तिमा ३० को मृत्यु – २६ फेब्रअरीमा मोघाडिसूस्थित एसवाईएल होटलमा ९ को हत्या – २६ फेब्रअरीमा मोघाडिसूस्थित लिडो वीचमा २० को हत्या – १५ जनवरीमा इल– अदीमा भएको आक्रमणमा कम्तिमा १ सय ८० सैनिकको मृत्यु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप