शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लासिथ मालिङगाले श्रीलंकाको कप्तानी छाडे

मङ्गलबार, २५ फागुन २०७२, २० : ०५
मङ्गलबार, २५ फागुन २०७२

कोलम्बो – श्रीलंकाका कप्तान लासिथ मालिङगाले टी–२० विश्वकपमा आफ्नो देशको खेल सुरु हुन अगावै कप्तान पदबाट राजिनामा गरेका छन् । यसअघि उनले एशिया कपमा श्रीलंकाको कप्तानी गरेका थिए । तर, एशिया कपमा श्रीलंकाले भारत, पाकिस्तान र बंगलादेशसँग पराजय व्यहो¥यो । ३२ वर्षका मालिङगा घुडाँको समस्याबाट ग्रस्त छन् । तर उनले १७ मार्चमा समूह चरणको खेल सुरु हुनअघि फिट हुने आशा राखेका छन् । मालिङाको स्थानमा अब एन्जेलो माथियूसले श्रीलंकाको कप्तानी गर्नेछन् । उनी श्रीलंकाको टेस्ट टोलीका समेत कप्तान हुन् । श्रीलंकाका खेलकुद मन्त्रीले क्रिकेटका छनोटकर्ताहरुलाई बर्खास्त गर्दै पूर्व खेलाडी अरविन्द डी सिल्भाको नेतृत्वमा नयाँ कमिटी गठन गरेको केही घण्टाभित्रै मालिङगाले कप्तान पदबाट राजीनामा गरेका हुन् । यसअघि श्रीलंकाले गत संस्करणको टी–२० विश्वकप जितेको थियो । त्यसयता, टोलीका दुई महत्वपूर्ण ब्याट्सम्यान कुमार सांगाकारा र महेला जयवद्र्धनेले सन्यास लिइसकेका छन् । श्रीलंका अहिले टी–२० वरियतामा आठौं स्थानमा झरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप