कमल थापा भोलि थाइल्याण्ड जाँदै, बिहिबार भारत
मङ्गलबार, २५ फागुन २०७२, २१ : ५५
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले आफ्नो भोलि हुन लागेको थाइल्यान्ड भ्रमण र बिहीबारदेखि हुने भारत भ्रमणबारे पार्टीलाई जानकारी गराएका छन् । पार्टीको आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा थापाले थाइल्यान्डको निमन्त्रणामा मैत्रीपूर्ण भ्रमण हुन लगेको र भारतमा आर्ट अफ लिभिङ नामक धार्मिक संस्थाकोे ३५ औँ वार्षिकोत्सवमा सहभागी हुन त्यसतर्फ जान लोगको बताए ।
बैठकमा आउँदो चैत १८ र १९ गते वीरगञ्जमा हुन लागेको केन्द्रीय कार्य समितिको बैठकमा पार्टी अध्यक्ष थापाले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । त्यसैगरी बैठकमा स्थानीय निकायको निर्वाचन कार्ययोजना, सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण