पार्टीलाई एकढिक्का बनाउन भन्दै देउवालाई दिए विहारका सांसदले सुझाव
मङ्गलबार, २५ फागुन २०७२, २२ : ०५
काठमाडौ—भारतीय राष्ट्रिय जनता दलका सांसद सुरेन्द्र यादवले शेरवहादुर देउवाकै घरमा पुगेर उनलाई नेपाली काँग्रेसको सभापति भएकोमा शुभकामना दिएका छन् ।
भेटमा उनले सभापति भएकोमा शुभकामनाका साथसाथै पार्टीलाई एक ढिक्का बनाएर लैजाने सुझाव दिएका थिए ।
नेपालको कुनै पनि कार्यमा भारतले हस्तक्षेप नगर्ने कुरामा पनि देउवा समक्ष राखेको उनको साथमा देउवा घरसम्म पुगेका सद्भावना पार्टीका सहमहासचिव देवेन्द्र यादवले बताए ।
काँग्रेस पार्टीले सविधान जारी गरेको र अब त्यसलाई कार्यान्वय गर्ने जिम्मेवारी देउवाको काँधमा आएको धारणा सुरेन्द्रले राखेको बताइन्छ ।
डेढ घण्टा लामो भेटघाटमा देशको समसामयीक विषयमा पनि कुराकानी भएको बताइन्छ । सुरेन्द्र यादव आफ्ना नीजि कामका लागि काठमाडौ आएको बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण