शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पत्रकार महासंघ कोरिया शाखाको ५ औं अधिवेशन जुन ५ मा हुने

मङ्गलबार, २५ फागुन २०७२, २२ : ०९
मङ्गलबार, २५ फागुन २०७२
सोल - नेपाल पत्रकार महासंघ कोरिया शाखाको ५ औं अधिवेशन जुन ५ तारिखमा हुने भएको छ ।नेपाल पत्रकार महासघ कोरिया शाखाको गत आईतवार सोलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । शाखाका अध्यक्ष अशोक मैनालीको अध्यक्षतामा बसेको बैठकले 'सौल ग्लोबल सेन्टर' मा केन्द्रिय अध्यक्ष डा महेन्द्र बिष्टको बिशेष उपस्थितीमा अधिवेशन गर्ने निर्णय गरिएको बताईएको छ । बैठकले अधिवेशन सफल पार्न कोरियामा क्रियाशिल पत्रकार ,समाजसेवी,व्यापारी लगायत सबै कोरियाबासी नेपालीहरूलाई अपिल गरेको छ । साथै सो दिन अन्य कार्यक्रम नराख्न पनि कोरियाका क्रियाशिल संघ संस्थालाई बैठकले जुन ४ तारिखमा पत्रकारिता सम्बन्धी तालिम सन्चालन गर्ने निर्णय पनि गरेको छ । अधिवेशनमा उपस्थितीको लागी नेपाल सरकारका सन्चार सल्लाहाकार मात्रिका पौडेल ,बिदेश स्थित शाखाका अध्यक्षहरूलाई पनि आमन्त्रण गर्ने निर्णय गरेको छ । त्यस्तै नयाँ सदस्यता आवेदन  तथा सदस्यता नविकरणको लागी यस अघि सार्वजनिक गरिएको मिती मार्च २० तारिख सम्म रहेको र अन्तिम नामावली अप्रिल १० तारिख भित्र सार्वजानिक गरिने बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप