शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नारी दिवसका अवसरमा ओम हस्पिटलद्वाारा निःशुल्क नारी स्वास्थ्य सेवा

मङ्गलबार, २५ फागुन २०७२, २२ : ११
मङ्गलबार, २५ फागुन २०७२
काठमाडौं, फागुन २५ –१०६ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले ४० बर्ष माथिका नारीहरुका लागी निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमका विच ४० बर्ष माथिका महिलाहरुका लागी अस्पतालले पाठेघर र स्तन क्यान्सरको निःशुल्क रुपमा परिक्षण गरेको हो । पछिल्लो समय महिलाहरुमा पहिलो नम्बरमा पाठेघर त्यसपछि स्तनको क्यान्सर हुने गरेको तथ्याङ्कले देखाएको छ । यसैलाई मध्यनजर गर्दै अस्पतालले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर स्तन र पाठेघरको क्यान्सर भएको संका लागेका एक हजार भन्दा बढि महिलाहरुको परिक्षण गरिएको ओम अस्पतालका अध्यक्ष एवं बरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालले जानकारी दिनु भयो । डाक्टर रिजालले नारी दिवसका अवसरमा हरेक बर्ष महिलाहरुको क्यान्सर सहित अन्य रोगहरुको निःशुल्क परिक्षण गरीने समेत बताउनु भयो । सोहि कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डाक्टर राजेन्द्र बरालले सहभागीहरुलाई स्तन क्यान्सर र पाठेघरको क्यान्सर कसरी हुन्छ भन्ने बारेमा जानकारी गराउनु भयो । उहाँले क्यान्सर भएको नभएको कसरी थाहा पाउने र कसरी आफैले परिक्षण गर्ने र पक्ता लगाउने त्यो तरिकाको विषयमा समेत प्रस्ट पार्नुभयो । उहाँले विश्वमा ८ जना मध्ये एक जना महिलामा स्तन वा पाठेघरको क्यान्सर हुने गरेको तथ्याङ्क रहेको समेत उल्लेख गर्नु भयो । नेपाल जस्तो मुलुकमा स्वास्थ्य र खानपानमा ध्यान दिन नसक्दा महिलाहरुको स्तन र पाठेघरको क्यान्सरमा बढि समस्या देखिएको र अधिकांस महिलनहरुले स्वास्थ्यमा हेलचेक्राइ गर्ने गरेका कारण मृत्यु समेत हुने गरेको डाक्टर बरालको भनाइ रहेको छ । यस्तो समस्या महिलामा मात्रै हैन पुरुषको स्तनमा पनि हुन्छ डाक्टर बरालले प्रमाणसहित भन्नुभयो पुरुषमा भने १ प्रतिशतमा मात्रै हुने गरेको तथ्याङक छ । स्तनमा गिर्खा देखिनु यसको प्रमुख लक्षण रहेको बरालको भनाइ छ । डाक्टर बरालले कम उमेरमा बिबाह भएका महिला, बिबाह गरेर पनि बच्चा ढिलो जन्माएका, ३० बर्ष पुगेर बिबाह गरेका महिला, एक तर्फको मात्रै स्तनपान गराउने महिला र स्तनपान नगराउने महिलामा बढि स्तन क्यान्सर हुने गरेको बताउनु भयो । उहाँले निःशुल्क स्वास्थ्य परिक्षण गर्न आएका करिब १५०० नारीहरुको उपस्थितिमा क्यान्सरको घरेलु उपचार, परिक्षण पद्धती र आफैले क्यान्सर भए नभएको पक्ता लगाउने तरिकाका बारेमा दृश्य मार्फत जानकारी गराउनु भयो । कार्यक्रममा सहभागी महिलाहरुले आफ्नो समस्याका बारेमा जिज्ञासा चिकित्सकहरुलाइ राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप