शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बेलायती नागरिक होटलमा मृत फेला

बुधबार, २६ फागुन २०७२, ०७ : ५२
बुधबार, २६ फागुन २०७२

नेपालगन्ज–सेतु विक चोकस्थित कस्तुरी होटलमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार होटलको कोठा नं १०२ मा ६९ वर्षीय बेलायती नागरिक जोन निकोलस वाट्सन मृत अवस्थामा भेटिएका हुन् ।

सोमबार बेलुकी ५ बजे होटलमा आएका पार्सपोर्ट नं ५००६१८१२० का बेलायती नागरिक वाट्सनले होटलमा एक कप कफीमात्र पियको होटल सञ्चालकले जनाएका छन् ।

कोठाभित्र चुकुल लगाएको अवस्थामा मृत भेटिएका उनको कोठामा सामान छरपस्ट अवस्थामा रहेको थियो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप