कटारी गोल्डकप तयारी अन्तिम चरणमा प्रतियोगिता फागुन ३० देखि चैत ७ सम्म
उदयपुर–फागुन अन्तिमदेखि सुरु हुने दोस्रो कटारी गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सिभिल होम्सको मुख्य प्रयोजनमा फागुन ३० गतेदेखि चैत ७ गतेसम्म कटारी गोल्डकप फुटबल प्रतियोगिता संचालन हुने भएको हो । प्रतियोगितामा सहभागि हुने सबै क्लबहरुको टुंगोे लागिसकेको र अन्य व्यवस्थापकीय कार्यहरुको समेत तयारी पुरा भइसकेको कटारी गोल्डकप मूल आयोजक समितिका अध्यक्ष विनोद कटुवाल दिवशले जानकारी दिए । अध्यक्ष कटुवालकाअनुसार प्रतियोगितामा फ्यान्स क्लब विआरसी भुटान, बनेपा व्वाईज क्लब काभ्रे, एपिएफ क्लब काठमाडौं, माईभ्याली क्लब इलाम, मोरङ फुटवल क्लब, सप्तरी ११, गाईघाट ११ र कटारी ११ विच प्रतिस्पर्धा हुने छ । आयोजकले जनाएअनुसार उद्घाटन खेल फागुन ३० गते आयोजक कटारी ११ र गाईघाट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी १ चैतमा प्mयान्स क्लब बीआरसी भुटान र बनेपा ब्वाईज बनेपा काभ्रेबीच प्रतिष्पर्धा हुनेछ । त्यसैगरी २ चैतमा मोरंग फुटबल क्लब मोरंग र एपिएफ काठमाडौं र ३ चैतमा माईभ्याली फुटबल क्लब ईलाम र सप्तरी फुटबल संघ गरी जम्मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन आपुर्तीमन्त्री गणेशमान पुनले गर्ने कार्यक्रम रहेको पनि आयोजकले जनाएको छ । कटारी नगरपालिका र साथी समूहको संयोजन, स्वास्थ्य, अनुशासन, राष्ट्रिय एकता र सदभावको लागि भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजारका साथमा ट्रफी हात पार्नेछन् । त्यसैगरी उपविजेताले नगद ७५ हजार हात पार्नेछन् । उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी तथा धेरै गोल गर्ने खेलाडीलाई पनि नगदका साथमा पुरष्कृत गरिने आयोजकका सचिव राजकुमार थापा क्षेत्रीले बताए । प्रतियोगिताको लागि मैदान व्यवस्थापन, आयोजक टिमको तयारी, तथा प्याराफिट लगायतको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पनि आयोजकले जनाएको छ । प्रतियोगिता कटारी स्थित टाईगर फिल्डमा हुनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण