शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा चार दिन विद्युत् अवरुद्ध

बुधबार, २६ फागुन २०७२, ०९ : १४
बुधबार, २६ फागुन २०७२

भीमदत्तनगर–सुदूरपश्चिमसहित बर्दिया र बाँके जिल्लाको विद्युत् सेवा मङ्गलबारदेखि चार दिन अवरुद्ध हुने भएको छ ।

विद्युत् आपूर्ति हुने भारतको टनकपुरस्थित विद्युत् उत्पादन गृहमा मर्मत गर्नुपर्ने भन्दै टनकपुरबाट दिउँसो विद्युत् आपूर्ति बन्द गरिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

आगामी शुक्रबारसम्म हरेक दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म विद्युत् सेवा बन्द हुने जानकारी आएको विद्युत् प्राधिकरण लालपुर सव स्टेसनका इलेक्ट्रिसियन कमलप्रसाद बडूले बताए ।

टनकपुरबाट विद्युत् आपूर्ति हुने सुदूरपश्चिमसहित बर्दिया र बाँके जिल्लामा दिउँसो विद्युत् आपूर्ति रोकिएको छ । टनकपुर विद्युत् गृहले माग गरेअनुसार नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले मर्मतका लागि चार दिनसम्म विद्युत् सेवा बन्द गर्ने स्वीकृति दिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप