शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

स्वर्गीय श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘इन्द्रावती’ देशव्यापी रिलिज हुँदै (प्रोमोसहित)

बुधबार, २६ फागुन २०७२, ०९ : ३७
बुधबार, २६ फागुन २०७२

काठमाडौं–स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको अभिनित अन्तिम फिल्म ‘इन्द्रावती’ को अफिसियल प्रोमो सार्वजनिक भएको छ । यही आउँदो चैत १९ गतेदेखि चलचित्र ‘इन्द्रावती’ देशव्यापी रिलिज हुँदैछ ।  फिल्म निर्माण कम्पनी आरसी पिक्चर्सले प्रोमो सार्वजनिक गर्दै यो फिल्मको प्रदर्शन मिति तय गरेको हो ।

द्वारिका तिमल्सिना र दिपेन्द्र दाहालले निर्माण गरेको फिल्मलाई बद्री अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा श्रीकृष्ण श्रेष्ठ र नायिका विपना थापाको जोडी देख्न सकिन्छ ।

फिल्म ‘इन्द्रावती’ मा स्व. श्रीकृष्ण श्रेष्ठ, नायीका विपना थापा, विष्णुभक्त फुयाल, रजनी राना, उपेन्द्र तिमल्सिना, रबि गिरीलगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

निर्माण भएको लामो समयपछि चलचित्र ‘इन्द्रावती’ प्रदर्शनमा आउन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप