चितवनमा कार अनियन्त्रित हुँदा एकको मृत्यु एक घाइते
बुधबार, २६ फागुन २०७२, ०९ : ५०
चितवन–चितवनको कविलासमा कार अनियन्त्रित भई सडक किनारको नालीमा खस्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँ जिल्ला व्यास नगरपालिका–२ बस्ने वर्ष ७० का कृष्णप्रसाद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले आज जनाएको छ ।
कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा १ च ९४७४ नम्बरको कार अनियन्त्रित भई चितवनको कविलास–४ सेतीदोभानमा सडक किनारको नालीमा ठोक्किन पुगेको थियो ।
घिमिरेको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक घिमिरेकी श्रीमती ६५ वर्षीया जया घिमिरे घाइते भएको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
कार चालक हस्तबहादुर घर्ती क्षेत्री भने जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण