शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खोलामा डुबेर डेढ वर्षीय बालकको मृत्यु

बुधबार, २६ फागुन २०७२, ०९ : ५२
बुधबार, २६ फागुन २०७२

मोरङ– मोरङको भातीगन्जमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

हिजो साँझ भातीगन्ज–३ बस्ने सीताराम ऋषिदेवको डेढ वर्षीय छोरा युवराज ऋषिदेवको घर नजिकै रहेको लोहन्द्रा खोलाको पानीमा डुबेर मृत्यु भएको हो ।

घरबाट हराएर खोजी गर्ने क्रममा घर नजिकै रहेको खोलाको पानीमा डुबेको अवस्थामा बालकलाई फेला पारिएको थियो । तत्काल उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगर लगिएपनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप