शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बुधबार, २६ फागुन २०७२, १० : ३६
बुधबार, २६ फागुन २०७२

सल्यान– सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

राप्ती राजमार्गअन्तर्गत श्रीनगर थारमारे सडकखण्डको मोखला नजिक रा ३ प ४९८ नम्बरको मोटरसाइकल मङ्गलवार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक बागचौर नगरपालिका–३ रारेचौरका ३६ वर्षीय मोहन डिसीको मृत्यु भएको हो ।

रारेचौरबाट खलङ्गातर्फ आउँदै गर्दा मोटरसाइकल दुर्घटना भई सडकबाट करिब १०० मिटर तल शारदा नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका डिसीलाई उपचारका लागि श्रीनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खलङ्गामा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप