शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डिएचआरसीको नयाँ कार्य समितिको अध्यक्षतामा सेढाईँ

बुधबार, २६ फागुन २०७२, १२ : १९
बुधबार, २६ फागुन २०७२

काठमाडौँ– नेपाल अपाङ्ग मानवअधिकार केन्द्र (डिएचआरसी) को १५औँ साधरणसभाले तारावदन सेढाईँँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

केन्द्रको उपाध्यक्षमा प्रकाश पन्थ, महासचिव जगदीप्रसाद अधिकारी, सचिव जानकी श्रेष्ठ, कोषाध्यक्ष अम्बिका खड्का छन् ।

त्यसैगरी सदस्यमा सुशीला ढकाल र दामोदर रेग्मी निर्वाचित भएका छन् । नेपाल राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले मङ्गलबार उद्घाटन गरेको साधरणसभामा अब बन्ने संरचना अपाङ्गमैत्री बनाउनपर्नेमा सहभागीले जोड दिए ।

नवनिर्वाचित अध्यक्ष सेढाईँले अपाङ्गता भएकालाई समाजमा हिँडडुल गर्न कठिन रहेको बताउँदै उनीहरुको संवेदनशीलता र अधिकारको संरक्षणका लागि प्रतिवद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप