शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नुवाकोट एमालेमा माधव पक्ष हाबी, को–को परे जिल्ला कमिटीमा ? (सूचिसहित)

बुधबार, २६ फागुन २०७२, १२ : १८
बुधबार, २६ फागुन २०७२

काठमाडौं– एमाले नुवाकोटको अध्यक्षमा नारायणप्रसाद खतिवडा निर्वाचित भएका छन् । बुधबार विहान सम्पन्न  मतपरिणामअनुसार खतिवडा प्रतिद्वन्द्वी नेपाल विन्दा ढुंगानालाई पराजित गर्दै अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । खतिवडाले ३४९ मत ल्याए भने प्रतिद्वन्द्वी बिन्दा ढुंगानाले २४१ मत ल्याइन् । यस्तै उपाध्यक्षमा बद्री मैनाली ३०१ मतका साथ विजयी भए भने प्रतिद्वन्द्वी बासुदेब कडुवाल २७३ ले मतका साथ पराजित भए । सचिवमा बुद्धि प्रधान ३२३ का साथ विजयी भए भने प्रतिद्वन्द्वी राजेन्द्र रमण खनाल २४० मतका साथ पराजित भए । उपसचिवमा बिष्णप्रसाद लोहनी ३१४, मतका साथ विजयी हुँदा माधव गजुरेलले २४० ल्याएर पराजित भए । पदाधिकारीतर्फ उपाध्यक्षबाहेक सबै माधव नेपाल पक्ष निर्वाचित भएको बताइएको छ । यस्तै सदस्यहरुमा पनि ७० प्रतिसत भन्दा बढी नेपाल पक्ष नै भएको बताइएको छ ।

निर्वाचनमा कुल ६१५ प्रतिनिधिमा मताधिकार रहेकोमा ६०६ मत खसेको मुख्य निर्वाचन अधिकारी देबराज कणेलले बताए । गत फागुन २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए भने नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट पदाधिकारीसहित ७२ सदस्यीय जिल्ला कमिटी चयन गरिएको अधिवेशनबाट निर्वाचन आयोगतर्फको सदस्यमा निर्वाचित भएका बिष्णु  तारुकेले जानकारी दिए ।

निर्वाचित जिल्ला सदस्यहरुको सम्र्पूण नामावली यस्तो छ

खुल्ला सदस्यतर्फको मत अर्जुन श्रेष्ठ १९८ अरुण श्रेष्ठ १८४ उषाकिरण तिम्सेना २०४ केपी लामिछाने ३०६ गणेश प्र खतिवडा १७३ गणेश श्रेष्ठ १९६ घकुमार लामा १९४ जीतबहादुर तामाङ घले १६९ जीत बलामी १७५ जीतेन्द्र विष्ट १९६ दीपक कायस्थ २९२ दिपक चित्रकार २७८ पशुपति कोइराला २०४ पूर्णलाल श्रेष्ठ २५९

बासु कडुवाल १८४ बिन्दा ढुंगाना २५४ यमकुमार खागी २०४ राजु सढौला १९५ शिबकुमार मिश्र १८५ समरबहादुर आले १८१ हरि अधिकारी २०५

इलाकातर्फ इलाका नम्बर १ मा उज्वल बहादुर खड्का निर्विरोध इलाका नम्बर २ मा प्रदीप प्रसाद पाठक २०६ इलाका नम्बर ३ मा माधव प्रसाद पाण्डे २९० इलाका नम्बर ४ मा सुदर्शन नेपाल २७३ इलाका नम्बर ५ मा चूडामणि गजुरेल निर्विरोध इलाका नम्बर ६ मा उद्धब सापकोटा निर्विरोध इलाका नम्बर ७ मा छत्र बहादुर लामा निर्विरोध इलाका नम्बर ८ मा शरण उत्सुक सापकोटा निर्विरोध इलाका नम्बर ९ मा नारायण घिमिरे २५७

इलाका नम्बर १० मा विजय कुमार खनाल २६० इलाका नम्बर ११ मा अर्जुन कार्की २०३ इलाका नम्बर १२ मा शिबराम दाहाल २७३

नगरपालिकाबाट, सन्जु पण्डित २१७

सदस्य जनजातीतर्फ महिला अञ्जु लामा निर्विरोध

सदस्य जनजातीतर्फ मिलन लामा २६० चन्द्रबहादुर श्रेष्ठ २२८ श्याम तामाङ २२१

दलीततर्फ बिन्दा विक निर्विरोध नवराज नेपाली २०२

मजदूरतर्फ, भोलाप्रसाद सेडाईँ निर्विरोध

लेखापरीक्षण आयोगतर्फ अध्यक्ष, पदम उप्रेती २९४ उपाध्यक्ष, राजन सुवेदी निर्विरोध सचिव, पुष्पराज लोहनी १९८ सदस्यहरुमा,उद्धव पनेरु देवकी अधिकारी बासुदेब भट्ट यमनाथ भट्ट, सबै निर्विरोध

निर्वाचन आयोगतर्फ

अध्यक्ष, यमप्रसाद खतिवडा २७८ उपाध्यक्षमा हरि प्रसाद रिमाल २७४ सचिवमा रमेश न्यौपाने २९४ सदस्यहरुमा विष्णु जम्कट्टेल (तारुके) २९५ , तुलसी दवाडी २८७, सोभा श्रेष्ठ २८३, कृष्णबहादुर जिसी २१५

महिला सदस्य सिता दाहाल ३२० दुर्गा वस्ती २१० देबकी पाठक २४३ निर्मला खड्का २७२ पार्वती प्याकुरेल ३६१ बिन्दा नेपाल ३३३ बिन्दमाया तामाङ ३५२ मंगलमायाँ प्रजापती २६६ सान्ता थापा ३५७ श्री मायाँ लामा ३३२ सानुमायाँ तामाङ २९२ सावीत्री प्याकुरेल २८९

सीमान्तकृत अम्जद आलम २९१

नुवाकोट एमालेमा बिन्दा र  उषाकिरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप