शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नवलपरासीमा चार लाख ३२ हजार बराबरको चल्ला बरामद

बुधबार, २६ फागुन २०७२, १२ : २८
बुधबार, २६ फागुन २०७२

नवलपरासी–प्रहरीले नवलपरासीमा ४ लाख ३२ हजार बराबरका अवैध शंकास्पद कुखुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीको गस्ती टोलीले आज सीमावर्ती गेरमी गाउँ विकास समिति–६ बाट ५४ हजार गोटा कुखुराका चल्ला बरामद गरेको हो ।  प्रहरीले प्रति गोटाको मुल्य ८० मुल्य अनुमान गरेको हो ।

भारतबाट लुकाई छिपाई ल्याएर गेरमीको एक स्थानमा लुकाई राखेको अवस्थामा प्रहरीले चल्ला बरामद गरेको प्रहरी सहायक निरीक्षक मदन बस्यालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप