शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नुवाकोट एमालेमा बिन्दा र उषाकिरण*

बुधबार, २६ फागुन २०७२, १७ : ४६
बुधबार, २६ फागुन २०७२

काठमाडौं– नेकपा एमालेको जिल्ला कमिटी सदस्य (खुल्लातर्फ महिला )मा बिन्दा ढुंगाना र  उषाकिरण तिम्सेना निर्वाचित भएका छन् ।

एमालेको  छैटौं जिल्ला अघिवेशनबाट उनीहरु निर्वाचित भएका हुन् । खुल्लातर्फ २१ जना निर्वाचित हुँदा बिन्दा र उषाकिरणमात्रै महिना सदस्य बने । खुल्लातर्फ बिन्दा र उषाकिरणसहित अर्जुन श्रेष्ठ ,अरुण श्रेष्ठ , केपी लामिछाने ,गणेश प्रसाद खतिवडा ,गणेश श्रेष्ठ ,घकुमार लामा ,जीतबहादुर तामाङ घले ,जीत बलामी ,जीतेन्द्र विष्ट , दीपक कायस्थ , दिपक चित्रकार , पशुपति कोइराला ,पूर्णलाल श्रेष्ठ ,बासु कडुवाल यमकुमार खागी ,राजु सढौला ,शिबकुमार मिश्र ,समरबहादुर आले र हरि अधिकारी निर्वाचित भएको मुख्य निर्वाचन अधिकारी देबराज कणेलले बताए ।

बिन्दा अध्यक्षमा नारायण खतिवडासँग पराजित भएर पनि सदस्यमा निर्वाचित भएकी हुन् । उनी नुवाकोट एमालेमा चर्चित महिला अनुहार हुन् । लामो समय एमाले राजनीतिमा क्रियासिल उनले यसअघि पार्टीमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

यस्तै एमालेभित्रका पछिल्लो पुस्ताका युवानेत्री मध्येकी एक प्रभावशाली नेत्रीमा दरिएकी छन्, उषाकिरण । जिल्ला कमिटी उपाध्यक्षकी प्रमुख दाबेदार रहेकी उनी सन्तुलित नेतृत्वका लागि भन्दै उपाध्यक्षको प्रतिश्पर्धाबाट पछि हट्दै खुल्ला सदस्यमा चुनाव लडेकी नेकपा एमाले नुवाकोटका एक नेताले रातोपाटीलाई जानकारी दिए ।

एमालेभित्रकी बौद्धिक युवा नेत्रीको रुपमा आफ्नो पहिचान बनाएकी उनी नुवाकोटको गोस्र्याङमा जन्मिएकी हुन् । विद्यार्थीकालदेखि नै एमाले अखिलमा सक्रिय उनी अनेरास्ववियुको पूर्व सचिवालय सदस्य समेत हुन् ।

नुवाकोटको जिल्ला नेतृत्वमा यसपटक अध्यक्ष सहित प्राय सम्पुर्ण पदमा माधव नेपाल समुहले बाजी मारेको छ ।

(यसअघि समाचारमा सामान्य त्रुटी हुन पुगेकाले सच्याइएको छ  सम्पादक )

यो पनि पढ्नुहोस् 

नुवाकोट एमालेमा माधव पक्ष हाबी, को–को परे जिल्ला कमिटीमा ? (सूचिसहित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप