बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाउन टेक्नोलोजी
धनगढी–दक्ष र अनुभवी जनशक्ति उत्पादन गर्नका लागि मोर्डन इन्सिच्यूट अफ फेसन डिजाइन टेक्नोलोजी प्रा.ली.को उद्घाटन गरिएको छ । दक्ष अनुभवी प्रशिक्षकबाट राष्ट्रिय तथा स्थानीय पोशाकहरु उत्पादन गर्न आज धनगढीमा सो प्रा.ली.को उद्घाटन गरिएको हो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय अध्यक्ष सुरज बज्राचार्यले प्रा.ली.को उद्घाटन गर्दै बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाउनका लागि प्रा.ली.ले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रा.ली.ले चैतको दोस्रो हप्ताबाट सिटिभिटीको लेबल एक र दुईको माध्ययमद्धारा सीप सिकाइनेछ । राष्ट्रिय तथा स्थानीय स्तरका पोशाकदेखि सिलाईका सम्पूर्ण कुराहरुमा प्रशिक्षण दिइने जनाइएको छ ।
सीप सिक्न आउने बेरोजगार युवायुवतीलाई सर्वसुलभ रुपमा तालिम प्रदान गरिने प्रा.ली.का संचालकको भनाइ छ । प्रा.ली.को माध्ययमद्धारा यहाँका युवायुवतीलाई सीप सिकाएर उद्यमी बनाइने र तालिममा उत्कृष्टलाई रोजगारी प्रदान गरिने संचालक हिक्मत दर्जीले बताए ।
बैदेशिक रोजगारका लागि जाने युवाहरुलाई आफ्नै देशमा सिप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले सो प्रा.ली. स्थापना गरिएको प्रबन्ध निर्देशक प्रकाशबहादुर दर्जीले बताए ।
प्रा.ली.ले १२ बर्षदेखि मोर्डन तयारी पोशाकमा उत्कृष्ट काम गर्दै आएका विनोद पोख्रेललाई दोसल्ला ओढाई प्रमाणपत्र दिइएको छ भने त्यसैगरी मोर्डन तयारी पोशाक महेन्द्रनगर शाखामा विगत ११ वर्षदेखि कार्यरत अमरसिंह नेपालीलाई पनि सम्मान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण