शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अक्षराङ्कन प्रणालीबारे पाठ्यपुस्तकमा उल्लेख हुने

बुधबार, २६ फागुन २०७२, १३ : २५
बुधबार, २६ फागुन २०७२
काठमाडौँ–प्रवेशिका परीक्षामा यसै वर्षदेखि लागू भएको अक्षराङ्कन प्रणालीबारे विद्यार्थीलाई जानकारी दिन पाठ्यपुस्तकमा आवश्यक मार्गदर्शन समावेश हुने भएको छ । सो प्रणालीमा नपढे पनि उत्तीर्ण हुने जस्ता भ्रमसमेत देखिएकाले त्यसबारे पाठ्यक्रम र पाठ्यपुस्तकबाट स्पष्ट पार्ने काम प्रारम्भ भएको हो । पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक गेहनाथ गौतमले कक्षा १० का पाठ्यपुस्तकमा उत्तीर्णाङ्क ४० र पूर्णाङ्क १०० लेखिएका सन्दर्भ तथा सो तहको पाठ्यक्रममा शिक्षकलाई दिइनुपर्ने अक्षराङ्कन प्रणालीबारे पद्धतिगत निर्देशन परिमार्जनको कार्य भइरहेको जानकारी दिए । पाठ्यक्रम मूल्याङ्कन परिषद्को निर्णयका आधारमा परीक्षा नियन्त्रण कार्यालयले यसै वर्षदेखि प्रवेशिका परीक्षामा सो प्रणाली लागू गरेको हो । सोही प्रणालीका आधारमा आगामी चैतमा पहिलो परीक्षा हुँदैछ । गौतमले आगामी संशोधन हुने पाठ्यक्रममा ती सन्दर्भ परिमार्जन हुने बताए । केन्द्रले माध्यमिक तहका पाठ्यक्रम परिमार्जन गरी पाठ्यपुस्तकको मुद्रणीय प्रति तयार गर्ने काम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप