‘प्रोजेक्टर सिस्टम’बाट कांग्रेस केन्द्रिय सदस्यको मतगणना
बुधबार, २६ फागुन २०७२, १० : ०२
काठमाडौं– नेपाली कांग्रेस केन्द्रिय सदस्यको खुल्लातर्फको मतगणना पार्टी केन्द्रिय कार्यालय सानेपामा ‘प्रोजेक्टर सिस्टम’बाट गरिएको छ । ९० प्रतिश्पर्धीमध्ये २५ जना चयन हुने केन्द्रिय सदस्यको मतगणनाका लागि सबै केन्द्रिय सदस्य प्रत्यासीका प्रतिनिधिहरु बस्न खोजेपछि निर्वाचन समितिले प्रोजेक्टरको व्यवस्था गरेको छ । अहिले मतगणना स्थलमा सीमित केन्द्रिय प्रतिनिधि र निर्वाचन समितिका ७ सदस्य बसेर मतगणना गरिरहेका छन् भने प्रत्येक मत गनिसकिएपछि प्रजेक्टरमार्फत जानकारी दिने काम भएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । यसअघि सवै उम्मेदवारको प्रतिनिधि मतगणनास्थलमा राख्न पाउने कि नपाउने भन्ने विवादका कारण बुधबार बिहान १० बजे सुरु हुने भनिएको मतगणना सुरु गर्न ढिला भएको थियो । प्रोजेक्टरको व्यवस्था गरिएसँगै विवाद समाधान भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण