अर्जुननरसिंह र गगनलाई हराउने शशांकको आयो यस्तो विज्ञप्ती
काठमाडौं–नेपाली कांग्रेसका नव निर्वाचित महामन्त्री शशांक कोइरालाले विषम परिस्थितिमा कांग्रेसको १३ औं महाधिवेशन भव्यताका साथ सम्पन्न भएको बताएका छन् । कोइरालाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘महाधिवेशनलाई सफल बनाउनु हुने महाधिवेशन प्रतिनिधी, पर्यवेक्षक, नेता तथा कार्यकर्ता र पार्टीका शुभेच्छुक सबैमा कृतज्ञताका साथ आभार प्रकट गर्दछु ।’ उनले अहिले राजनीतिक अवस्था तरल रहेको भन्दै समस्याको समाधानका लागि आफू प्रयत्नशील रहने पनि उनले बताएका छन् । ‘इतिहासको संगीन अवस्थामा सम्पन्न महाधिवेशनमा प्रजातन्त्रको धरोहर सहभागी साथीहरुबाट व्यक्त चासो, चिन्ता र सुझावहरु हाम्रा मार्गदर्शक अभिमत हुन् । यसलाई व्यवहारमा ल्याउन म पूर्ण इमान्दारीका साथ लाग्ने प्रतिबद्वता जनाउँछु’, उनले भनेका छन् ।
उनले नेपाली कांग्रेसको काँधमा गहन जिम्मेवारी र चुनौती रहेको भन्दै एकता, मेलमिलाप र सहकार्यको माध्यमबाट आपसी विस्वासको वातारण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको औंल्याएका छन् । महामन्त्रीका प्रत्यासी अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै उनी कांग्रेस महामन्त्रीमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण