पार्टी एकतावारे छलफल गर्न वैद्य माओवादीले बोलायो केन्द्रीय समितिको बैठक
काठमाडौं– एकीकृत माओवादीसँग एकताका लगायतका विषयमा छलफल गर्न मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले केन्द्रीय समितिको पूर्ण वैठक बोलाएको छ । चैत्र ८ गतेका लागि केन्द्रीय समितिको पूर्ण वैठक बस्ने र त्यहाँ एकताका विषयमा छलफल हुने बताइएको छ । एकीकृत माअोवादीसँग एकता कुन आधारमा गर्ने भन्ने विषयमा वैद्य माओवादीभित्र विवाद छ । वैद्य लगायतका केही नेताहरुले राजनीतिक कार्यदिशा नमिलेसम्म एकता गर्न नहुँने मत राखेका छन् भने महासचिव रामबहादुर थापा लगायतका नेताहरुले आन्दोलनको समीक्षा र भविष्यमा छलफलमा गर्ने बाटो राखेर एकता प्रक्रिया अगाडि बढाउनपर्ने पक्षमा छ । यही मतभेद टुंगाउन केन्द्रीय समितिको वैठक आव्हान भएको सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए । वैद्य माओवादीका केन्द्रीय सदस्य रामदीप आर्चायले समसामयिक विषयमा छलफल गर्न वैठक बोलाइएको बताए । उनले त्यहाँ पार्टी एकताको विषयमा पनि छलफल हुने बताए । एकताका लागि एकीकृत माओवादीबाट प्रचण्ड र कृष्णबहादुर महरा तथा क्रान्तिकारी माओवादीबाट वैद्य र बादलवीच धेरै पटक अनौपचारिक कुराकानी गरेका छन् । त्यति मात्र होइन साझा प्रस्ताव बनाउने विषयमा उनीहरुले गृहकार्य गरेका थिए । त्यही अनुसार एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना तर्फबाट तयार पारेको छोटो प्रतिवेदन वैद्यलाई हस्तान्तरण गरेका थिए । तर, वैद्यले भने त्यसको लिखित जवाफ दिएका छैनन् । यद्यपी उनले आफ्नो तर्फबाट प्रतिवेदन भने तयार पारेको उनी निकट स्रोतले बतायो । ०६९ असारमा बौद्धमा एकीकृत माओवादीभित्रको किरणपक्षीय समूहले राष्ट्रिय भेला गरि एकीकृत माओवादीबाट अलग भई नेकपा–माओवादी गठनको घोषणा गरेका थियो । ५ असारमा नयाँ पार्टी गठनलगत्तै आरोप–प्रत्यारोप, आ–आफ्ना संगठनहरुको पुनगर्ठनमा लागेका दुवै माओवादीभित्र केही महिनापछि नै पार्टी एकीकरणको बहस उठन थालेको थियो । मेवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भने प्रचण्ड र वैद्यवीच एकतालाई रोक्न चाहेका छन् । स्रोतका अनुसार आफु सहयोग गर्न तयार रहेको भन्दै एकता नगर्न वैद्यलाई सुझाव दिएका छन् । बुढाहरुले क्रान्ति गर्न नसक्ने भन्दै ०७१ मंसिर ८ गते विप्लव वैद्यसँग अलग भएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण