शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय सदस्यको पूर्ण नतिजा आउन एक साता लाग्ने

बुधबार, २६ फागुन २०७२, १४ : ३३
बुधबार, २६ फागुन २०७२

काठमाडौं– नेपाली कांग्रेसका सबैतर्फका केन्द्रिय सदस्यहरुको पूर्ण नतिजा आउन एक साता लाग्ने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रिय सदस्यका खुल्लातर्फका उम्मेद्वारहरुको मतगणना आजदेखि सुरु भएको र भोलिसम्ममा नतिजा आउने छ । यस्तै भोलि खुल्लातर्फको मतगणना सकिएसँगै आरक्षणतर्फको मतगणना सुरु हुने घिमिरेले जानकारी दिए । केन्द्रिय सदस्यका खुल्लासहितका आरक्षण कोटामा प्रतिश्पर्धी धेरै भएकाले पूर्ण नतिजा आउन समय लाग्ने भएको हो । कांग्रेसमा गत आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो । निर्वाचनलगत्तै  सभापतिसहित कोषाध्यक्ष र महामन्त्रीको मतपरिणाम भने आइसकेको छ । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् भने महामन्त्रीमा शशांक कोइराला र कोषध्यक्षमा सितादेबी यादव निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप