पहिलोपटक यायोक्खाको नेतृत्व उपत्यकाबाहिरबाट, धरानका तिलक राई चुनिए अध्यक्ष
काठमाडौं – राईहरुको साझा सामाजिक संस्था किरात राई यायोक्खाको इतिहासमा पहिलोपटक उपत्यकाबाहिरबाट मूलनेतृत्व चुनिएको छ । यायोक्खाको नवौं राष्ट्रिय महाधिवेशनद्वारा धरान निवासी तिलक राईको अध्यक्षतामा ७३ सदस्यीय नयाँ कार्यसमिति चुनिएको हो । यससँगै काठमाडौं उपत्यकाभित्रका मात्रै मूलनेतृत्वमा चुनिदै आएको परम्परामा समेत तोडिएको छ । यायोक्खाका पाँच उपाध्यक्षमध्ये वरिष्ठताको आधारमा राई आगामी कार्यकालका निम्ति अध्यक्ष पदमा सर्वसम्मत भएका हुन् । उनको पक्षमा अध्यक्षका आकांक्षी सबै उपाध्यक्षहरुले सहमति जनाएपछि निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष राईले आफू यायोक्खाका पुराना पुस्ताले दिशानिर्देश गरेको उद्देश्यमा विचलित नभई लाग्ने बताए । ‘नवनिर्वाचित केन्द्रीय समिति यायोक्खाको मूलभावनाबाट विचलित हुने छैन,’ उनले प्रतिबद्धता गरे, ‘साथै, मैले किरात राई समुदायबाट यसअघिझैं निरन्तर सकारात्मक सहयोगको अपेक्षा समेत गरेको छु ।’ उनले यायोक्खाका निवर्तमान अध्यक्ष यशोदा राई, उपाध्यक्षद्वयहरु दुर्गा राई, चन्द्रविक्रम राई, मनिकुमार राई र हरि के. साम्पाङप्रति विशेष कृतज्ञता तथा धन्यवादसमेत दर्शाए । अध्यक्ष र चारै उपाध्यक्षसहितको सहमतिमै राई अध्यक्षमा सर्वसम्मति हुन सफल भएका थिए । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको प्रशिक्षण केन्द्रको दुई दिने भेलाले उपाध्यक्षमा दिवस राई, पारसमणि राई, गेन राई, अशोक राई र टीकासरी राईलाई चुनेका छन् । यसैगरी, महासचिवमा जीवन हाताचो निर्वाचित भएका छन् । उपमहासचिवमा क्रमशः डीबी सरोज राई, धिरेन्द्र रुम्दाली, तिलक राई, जनक राई र भीमराज राई चुनिए । अन्य पदाधिकारीमा युवराज राई कोषाध्यक्ष र सदर राई सह–कोषाध्यक्षमा निर्वाचित भएका छन् । सदस्यहरुमा सर्वधन राई, देवान राई, दीपेनवाला राई, दीपेन्द्र रुम्दालीलगायत चुनिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
-
राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण