कांग्रेस नेता अमरेशकुमार र शेखर कोइराला पनि दिल्ली जाँदै
काठमाडौ—नेपाली काँग्रेसको महाधिवेशन सकिए लगतै भारतमा नेताहरुको चहल पहल बढ्ने भएको छ । अहिलेको अवस्थामा सिधै भारत जाँदा विभिन्न टिकाटिप्पणी हुने भएकाले नेताहरु विभिन्न कार्यक्रमको बहानामा त्यहाँ जान लागेका हुन् । यही सन्दर्भमा फाल्गुन २८ गतेदेखि ३० गतेसम्म भारतको नयाँ दिल्लीमा रवी शंकरले गर्न लागेको विश्व सांस्कृतिक महोत्सव तथा त्यसको भोलीपल्ट नेपाल भारत महिला मैत्री समाजले गर्न लागेको अन्तरक्रिया कार्यक्रमा भाग लिन नेपालका नेताहरु जाँदैछन्
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने आर्ट अफ लिभिङगको ३५ औं वार्षीक उत्सव कार्यक्रममा भाग लिन राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा, नेपाली काँग्रेसका नेता डा.शेरखर कोइराला, नेपाली काँग्रेसकै अर्का नेता डा.अमरेशकुमार सिह, सद्भावना पार्टीका सभासद् विमल केडियालगायतका नेताहरु कार्यक्रममा जान लागेका हुन् । कार्यक्रममा विश्वको सबैभन्दा ठूलो संगीत र नृत्यको महाउत्सवको पनि आयोजना गरिने आयोजकले जनाएको छ । जसमा एकसय ५५ देशबाट ३५ हजारभन्दा बढी कलाकारको सहभागिता रहने जनाएको छ । नेपालबाट मात्र एकसय ४० भन्दा बढी नेपाली कलाकारको सहभागिता रहनेछ । ३५ लाख भन्दा बढिको सहभागिता एकै स्थानमा हुन गईरहेको कार्यक्रमको लागी छ फुटबल ग्राउण्ड बराबरको एउटा मन्च बनाउन लागिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७४ लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग
-
अमेरिका र इराकबिच ४८ वटा सम्झौता
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण