नवनिर्वाचित कांग्रेस कोषाध्यक्षले भनिन्–‘सरकार परिवर्तनबारे केन्द्रीय समितिमा छलफल हुन्छ’
बुधबार, २६ फागुन २०७२, १५ : ३४
काठमाडौ–नेपाली कांग्रेसकी नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले सरकार परिवर्तन बारे पार्टी केन्द्रीय समितिको बैठक बसेर निर्णय लिने बताएकी छिन् । यद्यपी उनले सरकार परिवर्तन गर्दैमा समस्याको समाधान नहुने पनि धारणा राखेकी छिन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन, ‘म सरकार परिवर्तनको खेल बुझ्दिन । सरकार फेरेर मात्रै समस्याको समाधान हुँदैन ।’ पार्टीको तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने प्रश्नमा उनले आफूलाई यस विषयमा कुनै जानकारी नभएकोले केही भन्न नसक्ने स्पष्ट पारिन् ।
कोषाध्यक्ष यादवले मधेसको समस्या काग्रेस एक्लैले समाधान गर्न नसक्ने भएकोले सबै दलहरुलाई साथमा लिएर अगाडि बढ्नु पर्ने उल्लेख गर्दैै मधेसको समस्या समाधान गरेर संविधान कार्यान्वयनमा आफूले भूमिका खेल्ने बताईन ।
उनले भनिन्,‘ मधेसमा सीमांकनको समस्या छ । सुशीलदाले नहड्बडाउनुस् समस्या समाधान हुन्छ । मधेस, पहाड र हिमाल मिलाएर समस्या समाधान गर्नु पर्छ भन्नु हुन्थ्यो । सबैसँग मिलेर सीमांकन मिलाउनु पर्छ ।’
कोषाध्यक्ष यादवले मधेस काँग्रेसको मुटु भएकोले काँग्रेस मधेसवीना बाच्न नसक्ने भएकोले मधेस समस्या समाधानकोलागि पहल हुने विश्वास ब्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो प्रयास हुने प्रतिबद्धता ब्यक्त गरिन् ।
उनले आफूले कोषाध्यक्षको रुपमा पार्टीको आर्थिक कारोवारलाई पारदर्शि बनाउने भन्दै आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने गरी आय व्ययको लेखा राखिने बताईन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण