शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

न्यायाधीश र कर्मचारी अभावमा मुद्दा फछ्र्यौटमा समस्या

बुधबार, २६ फागुन २०७२, १३ : १२
बुधबार, २६ फागुन २०७२

भक्तपुर–भक्तपुर जिल्ला अदालतमा वार्षिक करिब दुई हजार ५०० मुद्दा दर्ता हुने गरेपनि न्यायाधीश र कर्मचारीको अभावले मुद्दा फछ्र्यौटमा समस्या परेको जिल्ला अदालत भक्तपुरले जानकारी दिएको छ ।

न्यायाधीश र कर्मचारीको अभावले अदालतमा दर्ता भएकामध्ये ६० प्रतिशत मुद्दाको मात्र फैसला हुने गरेको अदालतको तथ्याङ्कले देखाएको छ । दर्ता भएका दुई हजार ५०० मुद्दामध्ये गत पुसभन्दा अगाडिसम्म एकजना न्यायाधीशले वार्षिक ८०० मुद्दा हेर्नुपर्ने भएपनि पुसको दोस्रो सातापछि दुई न्यायाधीशको दरबन्दी थप भए तर मुद्दा फछ्र्यौटले तदारुकता पाएको छैन ।

अदालतमा पाँच न्यायाधीशको दरबन्दी रहेको छ । यो हिसाबले एकजनाले वार्षिक करिब ५०० मुद्दा हेर्नुपर्ने हुन्छ ।

बढ्दो मुद्दाको सङ्ख्या, दक्ष जनशक्तिको अभावका कारण समयमै मुद्दाको फैसला गर्न नसकिएको अदालतका श्रेस्तेदार खड्कराज अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार जिल्ला अदालत भक्तपुरमा दैनिक २०/२५ को सङ्ख्यामा मुद्दा दर्ता हुने गरेको छ ।

आव २०७०/७१ मा एक हजार ४१७ मुद्दा दर्ता भएकामा एक हजार ३८६ मुद्दाको फैसला भएको थियो । त्यसैगरी भक्तपुर अदालतमा आव २०७१/७२ मा एक हजार ६०८ मुद्दा दर्ता भएकामा एक हजार ५८९ मुद्दा मात्रै फैसला भएको अदालतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप