मिर्गौला दिवसको अवसरमा सुमेरु अस्पतालद्वारा कार्यक्रम
बुधबार, २६ फागुन २०७२, १७ : १९
काठमाडौँ -विश्व मृगौला दिवसको अवसरमा सुमेरु सामुदायिक अस्पतालले एक कार्यक्रमको आयोजना गरेको छ । ‘समयमै जागरुक होऔं अर्थात याक्ट अर्ली टु प्रिभेन्ट इट’ भन्ने मुल नाराका साथ विश्वभर यो दिवस बनाइँदै गर्दा अस्पतालले पनि यो दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै प्रा.डा. ऋषिकुमार काफ्लेले सरकारले ढिलै भएपनि मिर्गौला प्रत्यारोपणका लागि बिरामीलाई आर्थिक सहायता दिएको बताए । यद्यपी त्यो अझैं पूर्ण नभएको भन्दै काफ्लेले भने, ‘प्रत्यारोपण गर्नुपर्ने बिरामीसँगसँगै बिरामीलाई स्वस्थ्य परिक्षणको लागि पनि आर्थिक सहायताको आवश्यकता छ ।’
कार्यक्रममा मृगौला रोगसम्बन्धी विषेशज्ञ डाक्टरहरुको पनि उपस्थिति रहेको थियो ।
मिर्गौला रोगसम्बन्धी विषेशज्ञ डाक्टर नबिन बहादुर बस्नेतले सोबारे एक कार्यपत्र प्रस्तुत गर्दै मिर्गौलाको समस्या दुई खालको हुने बताउँदै भने, ‘एउटा तत्कालिन, अर्को दीर्घकालीन । तत्कालिन समस्या सामान्य खालको हुने र निको पनि चाँडो हुन्छ तर दीर्घकालीन भने निकै जटिल खालको हुन्छ ।
मिर्गौलाको समस्या खानपान र विरामीले गर्ने गतिविधिहरुमा भरपर्ने बताउँदै अगाडि भने, ‘तत्कालिन समस्या प्रत्यारोपण नगरिकन पनि निको हुन्छ तर दीर्घकालीन समस्या प्रत्यारोपणपछि मात्रै निको हुन्छ ।’
२०७० सालदेखि मृर्गौला रोगसम्बन्धी सुविधा दिँदै आएको अस्पतालले दिवसको अवसरमा यसवर्ष बाल मृर्गौला रोगको जनचेतना र स्क्रिनिङ कार्यक्रम राखेको छ । एक तथ्यांकअनुसार विश्वको कुल जनसंख्याको १० प्रतिशतमा मृर्गौलाको समस्या हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज सिग्देलको सुमधुर गजलमा झुम्यो दोहा
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण