मुटु रोग न्यूनीकरणबारे जनचेतनामूलक अभियानको आवश्यकता
काठमाडौँ– सूचना तथा सञ्चार सचिव दिनेश थपलियाले मुटु रोग न्यूनीकरणका लागि त्यसबारे प्रचार–प्रसार गर्न विभिन्न सञ्चार माध्यमलाई अपिल गरेका छन् ।
अस्वस्थ्य एवम् अनियमित खानपान र अव्यवस्थित जीवनशैलीका कारण नेपालका अधिकांश मानिसमा उच्च रक्तचाप, मधुमेह, मोटोपनासँगै मुटुरोगको खतरा बढ्दै गएको अवस्थामा त्यसबारे सञ्चारमाध्यमद्वारा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँ शाखाको १७औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले भने–“अहिले सरकारले लोक कल्याणकारी विज्ञापन वितरण गरिरहेको छ, अब त्यो विज्ञापनमा मुटु बनायौँ वा मुटु रोगलाई न्यूनीकरण गरौँ जस्ता नारा दिनुपर्छ, त्यसका लागि म आफैँले पहल गर्नेछु ।”
नेपाल टेलिकमबाट पनि एसएमएसमार्फत मुटु रोगसम्बन्धी प्रचार–प्रचार गरिने उनको भनाइ छ । विश्व मुटु महासङ्घका अनुसार संसारमा हरेक वर्ष एक करोड ७५ लाख व्यक्ति मुटुरोगले मात्र मर्ने गरेका छन् । सन् २०२३ सम्ममा संसारभरमा यस रोगबाट मर्ने मानिसको सङ्ख्या दुई करोड ५० लाख प्रतिवर्ष हुने अनुमान गरिएको छ ।
नेपालको सन्दर्भमा कुल जनसङ्ख्याको २० प्रतिशत अर्थात् करिब ६० लाख व्यक्तिलाई कुनै न कुनै किसिमको मुटुरोग लागेको तथ्याङ्क छ । नेपाल हृदयरोग प्रतिष्ठानका अनुसार एक दशकयता नेपालमा मुटुरोगीको सङ्ख्या पाँच गुणाले बढेको छ ।
सोही अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डे र प्रतिष्ठानका अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठलगायतले मुटु रोग गाउँगाउँमा जनचेतना फैलाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रतिष्ठानलाई सहयोग पु¥याउने दुई दर्जन व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेलाई विभिन्न नेता तथा शुभचिन्तकद्वारा श्रद्धाञ्जली, तस्बिरहरू
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण