भक्तपुरको खोलमा भेटियो नवजात शिशुको शब
बुधबार, २६ फागुन २०७२, १७ : २८
भक्तपुर– भक्तपुरमा एक नवजात शिशुको शब बेबारिशे अवस्थामा भेटिएको छ । सुर्यबिनायक नगरपालिका वडा न २ स्थित हनुमान्ते खोला किनारमा ५–६ दिनको जस्तो देखिने नवजात शिशुको शब भेटिएको महानगरीय प्रहरी प्रभाग कटुन्जेका प्रमुख प्रहरी नायब निरीक्षक हरिश बहादुर चन्दले जानकारी दिए ।
महिलाको भित्री बस्त्रमा पोको पारेर फ्याकिएको अवस्थामा शिशुको शब भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
कसैको अवैध सम्बन्धबाट शिशु जन्मिएको र फ्यालेको हुन सक्ने प्रहरी अनुमान गरेको छ ।
शब पोस्टमाडर्मको लागि महाराजगन्ज स्थित त्रिभुवन शिक्षण अस्पताल लगिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण