शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपाली महिला विश्व सञ्जालको लस एन्जल्स च्याप्टर गठन

बुधबार, २६ फागुन २०७२, १७ : ५६
बुधबार, २६ फागुन २०७२
अमेरिका- नेपाली महिला विश्व सञ्जाल एनडब्लुजीएन क्यालिफोर्निया , लस एन्जल्स च्याप्टरको १०६औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्थापना गरिएको छ । आगामी दुई बर्से कार्यकालको लागि शारदा श्रेष्ठको अध्यक्षतामा अमृता गैरे उपाध्यक्ष, सचिव रिता पौडेल,कोषाध्यक्ष प्रभा निरौला, सदस्यहरूमा जुन्ता विन, माया श्रेष्ठ , सपना चाकुबजी,उमा बस्नेत ,अमिता पौडेल, कल्पना पौड्याल र मनिता योगी गरी ११ जनाको कार्यसमिति चयन भएको छ भने सल्लहाकार समितिमा उमा कार्की थापा, संगिता लम्साल शिवाकोटी, तारा गुरुङ र लता घिमिरे रहेका छन् । यसै गरी संस्थाको मिडिया कोअर्डिनेटरमा डोल्मा लामा लाई राखिएको छ । यस सञ्जालले महिलाहरूको हकहित र अधिकारको लागि पृथक्, सृजनात्मक एंव आम महिलाहरूको आवश्यकतालाई ध्यानमा राखी विभिन्न गतिविधिहरू गर्ने जानकारी नवगठित सञ्जालका अध्यक्ष शारदा श्रेष्ठले जानकारी दिइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप