बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

लाखौं पर्ने सेल्फी क्यामेरामा चिनियाँ युवतीको क्रेज

शनिबार, ०६ चैत २०७२, ११ : २२
शनिबार, ०६ चैत २०७२

क्यासियोको पछिल्लो उत्पादन इक्जीलिभ एक्स–टीआर७० को बजार मूल्य १३९९ अमेरिकी डलर रहेको छ । यो मूल्य कम्प्याट क्यामेराका तुलनामा महंगो हो । तर, यस क्यामेरामा सेल्फी खिच्नका लागि विविध फिचरहरु छन् । यो क्यामेरा सेल्फी खिचेर त्यसलाई अनलाईनमा हाल्ने बानी परेका चिनियाँ महिलाहरुका लागि लक्षित गरेर बनाइएको हो । यस क्यामेराले क्यासियो कम्पनीलाई यस वर्ष ४ सय ३ मिलियन फाइदा हुने अनुमान गरिएको छ ।

नयाँ टीआर–७० इक्जिलिमको तेस्रो जेनेरेशन हो । यो क्यामेरा विशेषगरी सेल्फिका लागि बनाइएको हो । यसमा रहेका विविध फिचरहरुले राम्रो सेल्फी निकाल्न उपयोगी भूमिका खेल्छन् ।

टीआर ७० लेन्सको एंगल भ्यू २१ एमएम वा ३५ एमएम सिस्टम बराबर हुन आउँछ । सेल्फी स्टिकको प्रयोग बिना नै प्रयोगकर्ताहरुले यस क्यामेराबाट टाढासम्मको भ्यू खिच्नसक्छन् । क्यामेरामा फ्ल्यासको सट्टा एलइडी लाईट छ । यस क्यामेरालाई ‘जिपाई सेन्क्यू’ उपनाम दिइएको छ जसको अर्थ हुन्छ सेल्फीका लागि चमत्कारिक हतियार ।

टीआर ७० स्मार्ट क्यामेरा हो । यसमा रहेको डिजिटल मेकअपले अनुहारलाई स्लिम, छालालाई फेयर र आँखालाई ठूलो बनाउँछ । यसमा विभिन्न १२ लेभलका स्किन स्मुथनेश तथा स्किन टोन छन् । मेकअप मोड भिडियोका लागि समेत प्रयोग गर्न सकिन्छ ।

इक्जिलिम क्यामेरा चीनमा निकै पपुलर छ , विशेषगरी चिनियाँ महिलाहरुमाझ । क्यासियोले २०१५ मा पछिल्लो नौ वर्षकै सबैभन्दा धेरै फाइदा उठाएको छ । अहिले यो क्यामेरा एशियामा मात्रै उपलब्ध छ । तर अन्य देशमा बस्ने चिनियाँ महिलाहरु पनि यसलाई खरिद गर्न इच्छुक देखिएका छन् ।

न्युर्योकमा बसेर पढ्दै आएकी लिन सिले भनेकी छिन्–‘ मैले सांङघाईबाट यो क्यामेरा ल्याउदा त्यहाँ निकै चलेको थियो । म जून रेस्टुरेण्टमा गएपनि युवतीहरुले यही क्यामेराबाट फोटो खिचिरहेका थिए ।’ चावी छु भन्छिन्–‘जब यो क्यामेरा निस्किएको थियो यसको मूल्य झन्डै २ सय ४० डलर थियो । तर माग बढेपछि मूल्य ८ सय पुग्यो । झन्डै ६ महिनामा यस्तो भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप