बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

‘शक्तिमान’को खुट्टा भाँच्नेमाथि केवल ५० भारु जरिवाना या ५ वर्षको जेल ?

शनिबार, ०६ चैत २०७२, ११ : २७
शनिबार, ०६ चैत २०७२

उत्तराखण्ड पुलिसको घोडा ‘शक्तिमान’ को खुट्टा भाँचेको आरोप बीजेपीका सांसद गणेश जोशीमाथि लागेको छ । उनी शुक्रबार पक्राउ परे । उनको दाबी छ कि लट्ठीले हानेकै भरमा घोडाको खुट्टा भाँचिएको होइन । यता, जनावरको संरक्षणमा लागेका अधिकारकर्मीहरुले घोडालाई घाइते बनाउने व्यक्ति नै दोषी रहेको बताएका छन् । दोषी प्रमाणित भएको खण्डमा पनि सांसद् जोशी केवल ५० भारु तिरेकै भरमा जमानतमा लुट्नेछ । कानून विशेषज्ञहरुका अनुसार यदी दोषीलाई सजाय दिने हो भने आईपीसीको केश चलाउनुपर्छ ।

– पिपुल फर एनिमल्सकी अधिकारकर्मी गौरी मौलेखीले घोडाको खुट्टा भाँच्ने दोषी केवल ५० रुपैयाँको जरिवाना तिरेर उम्कन सक्ने बताएकी छिन् ।

– भारतको कानूनमा यस्तो व्यवस्था भएका कारण कानून संशोधन गर्नुपर्ने उनले बताएकी छिन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कानून संशोधन गर्न माग गरेको बताइन् ।

– सर्वोच्च अदालतका वकिल यतेन्द्र शर्माले घोडा उत्तराखण्ड प्रहरीको ड्यूटीमा रहेका कारण यो घटनालाई सामान्य लिन नहुने बताएका छन् । घोडाको खानपानको जिम्मा पुलिसको छ । उनले दोषीलाई कडाभन्दा कडा कारबाही गर्दै आईपीसीको धारा ४ सय २८ र ४२९ अनुसार केश चलाउनुपर्ने बताएका छन् ।

– भारतीय संविधानको धारा ४२८ अनुसार कुनै पनि जनावरलाई नोक्सानी गरेमा २ वर्ष जेल सजायँ र ४२९ अनुसार ५ वर्षको सजायको व्यवस्था छ ।

– यदी उत्तराखण्ड प्रहरीले यस्तो केश हाल्यो भने शक्तीमानलाई न्याय हुनेछ ।

– चार घण्टासम्म चलेको शल्यक्रियापछि शक्तीमानलाई क्रृतिम खुट्टा लगाइएको छ ।

– एसएसपी सदानन्दले अपरेशन सफल भएको बताएका छन् । शक्तीमानले ११ वर्षदेखी प्रहरीमा सेवा गर्दै आएको थियो ।

– इन्फेक्सनबाट बचाउन घोडाको खुट्टा काटिएको डाक्टरले बताएका छन् ।

–बिजेपीका सांसद् गणेश जोशीलाई अदालतले १४ दिनसम्म न्यायिक हिरासतमा राख्ने आदेश दिएको छ ।

– बिजेपीका उत्तराखण्ड प्रमुख अजय भट्टले कांग्रेस सरकारले भ्रस्टाचार लुकाउन यसलाई स्क्यान्डल बनाएको बताएका छन् ।

– उनले थाहा हुदाँ हुँदै पनि घोडालाई राम्रो तरिकाले उपचार नगरेका कारण खुट्टा काट्नुपरेको बताएका छन् ।

– भारतीय क्रिकेटर विराट कोहलीले ट्वीट गर्दै गणेश जोशीको कदमको विरोध गरेका छन् ।

– विराटले लेखेका छन् : ‘म स्तब्ध छु । कसले यति सुन्दर र कसैलाई नोक्सान नगर्ने पशुमाथि हमाला गर्यो । यो एक कायर प्रवृत्ति हो । आशा छ कि शक्तिमानमाथि आक्रामण गर्ने विरुद्ध कडा कारबाही हुनेछ । आउनुस् उसका लागि प्रार्थना गरौँ ।’

– यस घटनामा भारतीय जनता पार्टीका कार्यकर्ता पनि समातिएका छन् ।

– भारतीय जनता पार्टीका सांसद गणेश जोशीले घटनापछि सफाई दिदैँ भनेका छन् : ‘मैले केवल घोडालाई हटाउनका लागि उसलाई तर्साएको थिए । घोडाका खुट्टा फलामको एंगलमा फसेपछि भाँचिएको हो । यसमा मेरो कुनै दोष छैन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप