बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

एकैपटक मारिन्छन् हजारौँ विषालु सर्प, कसरी सम्भव छ यस्तो (फोटोसहित)

शनिबार, ०६ चैत २०७२, ११ : ३४
शनिबार, ०६ चैत २०७२

अमेरिकाको टेक्सास प्रान्तको शहर स्वीटवाटर यस्तो ठाउँ हो, जहाँ हरेक वर्ष वल्र्ड लार्जेस्ट रैटलस्नेक राउन्डअपको आयोजना हुन्छ । ४ दिनसम्म चल्ने यस इभेन्टमा सामुहिक रुपमा हजारौँ सर्पलाई मारिन्छ । जनावर अधिकारको संरक्षणमा लागेकाहरुले यस्तो काम बन्द गर्नुपर्ने बताएका छन् । तर ५९ वर्षदेखि चलेको यो इभेन्ट बन्द भएको छैन् ।

पहिलो पटक सन् १९५८ मा जूनियर चेम्बर अफ कमर्श (जेसीस) ले यस कार्यक्रम आयोजना गरेको थियो । विषालू सर्पहरुलाई कम गर्ने यस कार्यक्रमको उद्धेश्य थियो । हरेक वर्ष मार्चमा यस्तो कार्यक्रम अयोजना गरिन्छ र यसलाई हेर्न हजारौँ मानिस आउँछन् । तर अब जनावरको अधिकारका लागि आवज उठाउनेहरुले यसलाई बन्द गर्नुपर्ने माग गरेका छन् ।

तर जेसीस मान्न तयार छैन् । जेसीसका प्रवक्ता डेनी विलियम्सले यस्ता सर्प मानिस तथा अन्य जीवका लागि खतरनाक हुने बताएका छन् । उनले यस्ता सर्पलाई नमारे उनीहरुले मानिसलाई मार्ने भएका कारण मानिसको सुरक्षाका लागि हरेक वर्ष यस्तो कार्यक्रम अयोजना गरिएको बताएका छन् । कार्यक्रमका दौरान सबैभन्दा पहिले सर्पको विष निकालिन्छ र त्यसपछि उनीहरुलाई काटेर फालिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप