बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

रोचक : कट्टु र मोजा चोर्ने बिरालो

बुधबार, १० चैत २०७२, २० : ५२
बुधबार, १० चैत २०७२
मानिसको अन्डरवेयरलाई असाध्यै मन पराउने एउटा बिरालोले पछिल्ला दुई महिनामा ६० भन्दा बढी कट्टु र मोजा र प्यान्ट चोरेको छ । न्यूजिल्याण्डको ब्रिगिट नाम गरेको यो बिरालो अहिले सामाजिक सञ्जालमा चोरीकै कारण चर्चामा छन् । हेमिल्टन इस्टका सराह नाथा जसले यो बिरालो पालेका छन् । उनका अनुसार यसले ११ वटा प्यान्ट र ५० वटा मोजा चोरिसक्यो । चोरेका सामानहरुलाई बिरालोले सराहको घरमा ल्याउने गरेको छ । आफ्नो बिरालोको खराब व्यवहारबाट आजित भएपछि स्थानिय समूदायमा क्षमा माग्दै सराहले पर्चा नै बाडेँकी छिन् । उनले यदी कसैको अन्डरवेयर हराएको छ भने सम्पर्क राख्नुस् भने पर्चामा उल्लेख समेत गरेकी छिन् । उनले ब्रिगिटलाई अन्डरवेयरको स्वाद मनपर्ने बताएकी छिन् । ‘हाम्रो पुरानो घरमा बिरालोले सबै कुरा चपाउँथिन् । उसले घरमा हक्कीको सिन प्याड र जम्पर समेत बोकेर ल्याएकी थिइन् । अहिले उसलाई अन्डरवेयरको स्वाद मनपर्न थालेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप