मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

विश्व क्षयरोग दिवस : नेपालमा तथ्याङ्क ल्याउन सर्वेक्षण

बिहीबार, ११ चैत २०७२, ११ : १४
बिहीबार, ११ चैत २०७२

काठमाडौँ– नेपालमा क्षयरोगीको सङ्ख्या कति ? पत्ता लगाउन राष्ट्रिय क्षयरोग केन्द्रले ‘टिवी प्रिभ्यालेन्स सर्वे’ गर्दैछ ।

चालू आव २०७२÷०७३ मा सुरू भई तीन वर्षमा सकिने सो सर्वेमा क्षयरोग नियन्त्रण गर्न चालिुनपर्ने उत्तम उपायबारे पनि नयाँ तथ्य आउने अनुमान गरिएको छ । नेपालमा हाल ४६ हजार क्षयरोगी रहेको अनुमान छ ।

यसैवर्ष केन्द्रमा ५० श्ययाको छाती रोग अस्पताल निर्माण कार्य पनि सुरु हुँदैछ । आव २०७१÷०७२ मा मात्रै ३४ हजार १२१ जना क्षयरोगी डट्स उपचार पद्धतिमा दर्ता भएको केन्द्रले जनाएको छ । तीमध्ये खकारमा क्षयरोगका किटाणु देखा परेका (सर्ने खालका) क्षयरोग बिरामीको सङ्ख्या १८ हजार ४६० रहेको केन्द्रका वरिष्ठ छाती रोग तथा छाती रोग विशेषक्ष डा मोहनकुमार प्रसाईंले बताए ।

क्षयरोगको बढ्दो प्रकोपलाई ध्यान दिँदै सरकारले यसको नियन्त्रण र रोगथामका लागि प्रत्यक्ष निगरानीमा गरिने उपचार विधि डट्स उपचार रणनीति सुरु गरेको छ ।

सन् १९९६ मा नमुनाका रुपमा सुरु गरिएको डट्स उपचार पद्धति ७५ जिल्लाका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका साथै निजी स्वास्थ्य संस्था गरी चार हजार २२१ उपचार केन्द्रबाट एकीकृत स्वास्थ्य सेवाको निःशुल्क उपचार सेवा दिँदै आएको छ । हाल ५८१ माइक्रोस्कोपिक केन्द्रबाट शङ्कास्पद क्षयरोगीको निःशुल्क खकार परीक्षण गरिँदै आएको केन्द्रले जनाएको छ ।

‘क्षयरोग निदानका लागि सबै सङ्गठित होऔँ’ भन्ने नाराका साथ नेपालमा आजै अर्थात् मार्च २४ लाई विश्व क्षयरोग दिवस मनाइन्छ । दिवसका अवसरमा आज बिहान चिरायु स्वास्थ्य संस्थाले माइतीघर मण्डलामा चेतनामूलक प्रदर्शन गरेको थियो ।

केन्द्रका निर्देशक डा विकास लामिछानेले क्षयरोगको उपचार छिटोछरितो गरी गुणस्तरीय परीक्षण सुविधा मिलाउन तथा क्षयरोगविरुद्ध प्रभावकारी खोपको व्यवस्था गर्ने दिवसको लक्ष्य छ ।

दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागि रहनु, खकारमा रगत देखा पर्नु, साँझपख हल्का ज्वरो आउनु, खाना मिठो नलाग्नु, कमजोर हँुदै जानु र छाती दुख्नेमध्ये कुनै पनि लक्षण देखा परेमा क्षयरोग भएको हुनसक्छ ।

क्षयरोगको किटाणु हावाको माध्यमबाट जुनसुकै उमेर समूहका मानिसमा सर्ने भएकाले धरै भीडभाडमा नजान, बाहिर हिँड्दा मास्कको प्रयोग गर्न र खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्न तथा रोगीले नियमितरुपमा औषधि सेवन गर्न चिकित्सको सल्लाह छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप