यसरी माकुराको आहारा बन्यो खतरनाक खैरो सर्प
जनवारको संसारमा सर्पलाई निकै खतरनाक मानिन्छ । यसले धेरै स–साना जीवलाई आफ्नो आहरा बनाउने गर्दछ । तर, अरुको शिकार गर्ने सर्प यसपटक आफै सिकार बनेको छ । त्यो पनि एउटा सानो माकुराको । भोकाएको एउटा रेडब्याक माकुराले आफ्नो जालोमा सर्पलाई पारेको हो । खतरनाक अस्टे«लियन ब्राउन स्नेकलाई माकूराले जालोमा पारेर आफ्नो शिकार बनाएको छ । सर्पको बच्चा माकूराको जालोमा पर्दै गरेको फोटोहरु निकै रोचक देखिएका छन् । जेफ सिमोन्सकी श्रीमतीले तीन साताअघि यस्तो दुलर्भ दृश्य देखेको श्रीमान्लाई बताएकी थिइन् ।
अस्टे«लियाको भिक्टोरियास्थित इल्मोरमा भएको यो घटनालाई सुरुआतमा जेफले पत्याएनन् । तर श्रीमतीले तस्विर र भिडियो कैद गरेकी थिइन् । जेफले भोलिपल्ट हेर्दासम्म पनि माकूराले सर्पलाई खादैँ थियो । जेफ सर्प मनपराउँछन् तर उनलाई माकूरा मन पर्दैन । त्यसैले उनले माकूरालाई मारे र सर्पको बाँकी शरिरलाई उसको जालबाट निकाले । ब्राउन स्नेक संसारकै एक खतरनाक सर्पमध्ये मानिन्छ । यसको विषयले मानिसलाई प्यारालाईसिससम्म हुन्छ । फोटोमा देखिएको माकूरामा भने कुनै प्रजातीको हो भन्ने स्पष्ट छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण