बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

रोचकः प्रदूषणको चपेटामा परेको चीनमा सूरु भयो हावाको व्यापार

शनिबार, १३ चैत २०७२, १६ : ०१
शनिबार, १३ चैत २०७२

काठमाडौं । चीनको चर्चित हाइकिङ गन्तव्यमा अहिले हावाको पोकाहरु बिक्रीमा राखिएको छ । प्लास्टिकमा हावा भरेर मानिसहरुलाई बेचिन्छ । मानिसहरु पनि यसरी हावा किन्न पाउँदा दंग छन् । कसैले प्लास्टिकमा भरिएको हावा बोकेर घर लैजान्छन् भने कसैले तत्कालै प्लास्टिक फोरेर सास लिन्छन् । प्लास्टिकमा ताजा हावा भरिएका कारण मानिसहरु आर्कषित भएका हुन् । गुआङडोङग प्रान्तमा मानिसहरु प्रदूषणबाट छुटकारा पाउनका लागि स्वच्छ हावा खान पुगेका हुन्छन् । त्यहाँ हिमालको हावा भनेर यसरी प्लास्टिकको पोकामा हावा बेचिन्छ । अहिले हावाको बजार बढ्दो छ । प्रदुषणको चपेटामा रहेका चीनमा मानिसहरु आफ्नो फोक्सो सफा राख्न माथि पहाडमा पुग्ने गर्छन् । यसरी घुम्न जानेहरुले हावा किन्दै गरेको तस्विर आजकल सामाजिक सञ्जालमा राखेर अरुलाई आश्चर्यमा पार्ने गरेका छन् । ‘स्वस्थ्य जीवनका लागि स्वच्छ हावा किनौ ।’ भनेर धेरैले क्याप्सन समेत राख्दै आएका छन् । यसरी बेचिने हावाको ठूलो झोलाको मूल्य ३ पाउन्ड र सानो झोलाको मूल्य १ पाउन्ड बराबर हुन आउँछ । गाउँका मानिसहरुले यो हावा हिमालबाट जम्मा गरेर ल्याएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप