रोचक : जहाँ भगवानको साटो हुन्छ ‘बुलेट बाइक’ को पूजा
सोमबार, १५ चैत २०७२, १३ : २९
जयपुर – भारतको राजस्थानस्थित पाली क्षेत्रमा एउटा यस्तो मन्दिर रहेको छ जहाँ भगवानको साटो बुलेट बाइकको पूजा हुन्छ । लड्डुको साटो रक्सी चढाइन्छ । मानिसहरुको विश्वास छ कि सो मन्दिरमा पूजा गरेपछि दुर्घटना हुँदैन र त्यहाँको बाबाले उनीहरुको रक्षा गर्नेछन् ।
यस्तो किम्बदन्ती
राजस्थानको पाली क्षेत्रमा ओम सिंह राठौड नाम गरेका व्यक्ति बस्थे । एक दिन उनी बुलेटमा चढेर ससुराली जाँदै थिए, त्यही बेला उनको बाइक एउटा रुखमा ठोक्किएर दुर्घटना हुन्छ । दुर्घटनामा उनको मृत्यु हुन्छ । पछि प्रहरी त्यहाँ पुगेर उनको लासलाई पोस्टमार्टमका लागि पठाउँछन् र बुलेट बाइकलाई प्रहरी चौकी लान्छन् ।
तर, अर्को दिन चौकीबाट बाइक गायब हुन्छ । प्रहरीले खोजी गर्दा बाइक दुर्घटना भएको स्थानमा भेट्छन् । उनीहरुले बाइकलाई फेरि चौकीमा ल्याएर साङ्ग्लोले बाँधेर राख्छन् । तैपनि भोलीपल्ट बाइक गायब हुन्छ र त्यही पूरानै स्थानमा पुग्छ । यस्तो घटना कयौं पटक दोहोरिएको स्थानीयको दाबी छ ।
यसरी बन्यो मन्दिर
स्थानीयले यो घटनालाई चमत्कार मान्दै बुलेटलाई घटना भएको स्थानमा राखेर त्यहाँ मन्दिरको स्थापना गरे र मन्दिरको नाम बुलेट मन्दिर राखिदिए । त्यसपछि मानिसहरुले त्यहाँ बुलेट बाइकको पूजा सुरु गरे । यहाँ प्रसादमा लड्डुको साटो रक्सी बाँडिन्छ । त्यहाँ अझै ओम सिंहको आत्ममा रहेको स्थानीयको विश्वास छ ।
उक्त स्थानमा मन्दिर बनाएर त्यहाँ कुनै दुर्घटना नभएको स्थानीयहरुको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण