बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

संसारको सबैभन्दा अग्लो मन्दिर, जसलाई भयंकर तूफानले पनि असर गरेन (फोटोफिचर)

शनिबार, २० चैत २०७२, १७ : ०६
शनिबार, २० चैत २०७२

एजेन्सी/होलीको अवसरमा वृन्दावनमा टिभी सिरियल महाभारतका चार स्टार कलाकार स्पेशल सत्संग उत्सवमा भाग लिन आए । यो उत्सव यहाँ बनिरहेको चन्द्रोदय मन्दिरको निमार्णाधिन साइटमा आयोजना गरिएको थियो । यसै क्रममा प्रोजेक्ट डाइरेक्टर सुबयुक्ता नरसिंहले यो मन्दिरलाई हुदहुद जस्तो भयंकर तूफानले पनि असर नगर्ने बताए । २०१४ मा १ सय ७० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हुदहुद तूफानले भारतको आन्द्र प्रदेशमा भयंकर विध्वंश मच्चाएको थियो । यस्तो आँधि सहन सक्ने क्षमता राखेको चन्द्रोदय मन्दिर सम्बन्धि केही विशेष तथ्यः

इस्कन सोसाइटीले वृन्दावनमा विश्वकै सबैभन्दा अग्लो मन्दिरको निमार्ण थालेको हो ।

यसका प्रमुख आर्किटेक्ट सिख धर्म मान्ने जेजे सिंह हुन् । त्यस्तै अमेरिकी कम्पनीका तर्फबाट जोडिएका आर्टिटेक्ट मुस्लिम छन् । यसका लिफ्ट डिजाईनर इसार्ई धर्म मान्छन् । यस मन्दिरको उचाई २ सय १० मिटर हुनेछ र यसमा ७० तला हुनेछ । मुकेश अम्बानीको एन्टीलिया भवनको उचाई १ सय ७० मिटर छ र यसमा २७ तला छ । चन्दोदय मन्दिर पिरामिडको विकसित शैलि हो ।

२००६ मा यसको परिकल्पना गएिको थियो । ८ वर्षपछि मात्रै काम सुरु भयो । यसको निमार्ण २०२२ मा पुरा हुनेछ ।

जन्मेदेखी अहिलेसम्म लगाएका छैनन्, चप्पल , भारतीय राष्टपतिले दिए पद्म अवार्ड भारतीय राष्टपति प्रणव मुखर्जीले भर्खरै धीरुभाई अम्बानी, श्री श्री रविशंकर , साइना नेहवाल ललगायतका ५६ जना नाम चलेका व्यक्तिहरुलाई पद्म अवार्डले सम्मानित गरे । यसै सूचिका एक सहभागि ने आजीवन विभिन्न कठिनाईहरुलाई जितेर आज समाजको पे्ररणा बनेका छन् । उनको नाम कवि हलधर नाग हो । उनलाई भारतमा मानिसहरु लोक कवि रत्न भनेर चिन्छन् । एक विश्वविद्यालयका ५ विद्यार्थीहहरुले उनको काम र जीवनीमा पिएचडी गर्दैछन् । हलधरलले भने ३ कक्षा मात्रै पढेका छन् । १९५० मा ओडिशाको बारगढ जिल्लामा हलधरको जन्म एक गरिब परिवारमा भएको थियो । उनले मुस्किलका साथ ३ कक्षासम्म पढे । उनी १० वर्षको हुदाँ बाबुको निधन एको थियो । यसपछि उनले आफ्नो परिवारको पेट बाल्नका लागि मिठाई पसलमा २ वर्षसम्म भाडा माझ्ने काम गरे ।

गाउँका सरपन्चले उनलाई स्कुलमा खान पकाउने काम दिए । १६ वर्षमा एक स्कुलमा काम गर्ने क्रममा उनमा ऋण काढेर सानो स्टेशनरी पसल खोल्ने उपाय फुर्यो ।

स्टेशनरी चलाउन थालेपछि उनी कविता र लेखनमा समर्पित भए । उनको पहिलो कविता धोनो बारगछ सन् १९९० मा एक स्थानिय म्यागेजिनमा छापियो ।

कवि हलधरले आफ्नो पुराजीवन जुत्ता चप्पल लगाएका छैनन् । उनी धोती र बनियान लगाउँछन् ।

विश्वविद्यालयमा पढाईन्छ हलधरका कविता नागका अनुसार एक विधवाका बच्चाको जीवन निकै कठीन हुन्छ । हरेक समय एउटा नयाँ चुनौत आफ्नो अगाडी आएको हुन्छ ।

उनको कविता भारतका थुप्रै विश्वविद्यालयको कोर्समा राखिएको छ । हलधर ग्रन्थावली २ मा उनको प्रमुख रचना समावेश छ ।

हलधरले धेरैजसो संस्कृति, प्रकृति, धर्म र समाजमाथि कविता लेखेका छन् ।

६६ वर्षका हलधर नाग कोसली भाषाका महान् कवि हुन् । उनले थुप्रै कविता तथा २० महाकाव्य लेखेका छन् ।

पहेलो रंगको विषालू भ्यागूतो निकै अविश्वसनीय प्राणी हो । केवल २ इन्चको यो भ्यागूतो संसारकै विषालू प्राणीमध्ये एक मानिन्छ । यसले केवल ३ मिनेटको अन्तरमा १० जना मानिस मार्न सक्छ । यो प्राणीको नामाकरण कोलम्बियाका शिकारीहरुले गरिदिएका हुन् ।

चम्किलो एल्लो फ्रगस् कोलम्बियाको प्यासिफिक कोस्टस्थित पानी पर्ने जंगलमा मात्रै भेटिन्छ । यसको रंग कहिलेकाँही पहेलोँ, सुन्तला र हरियो समेत हुनसक्छ । यो हेर्दा निकै छरितो देखिन्छ । सन् २००१ को अध्ययनअनुसार यो सर्प सधैँ विषालू हुन्छ ।

आजभन्दा ४० देखी ४५ मिलियन वर्षअघि उत्तर तथा दक्षिण अमेरिकामा पाइने यो प्रजातीका पुर्खाहरु भने विषालू नरहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यो भ्यागूता आफैँमा विषालू नभएर यसले विषाल रुख विरुवारु खाने गरेका कारण त्यसबाट यसबाट यसको शरिरमा विष सरेको हुनसक्ने आशंका पनि छ । अहिले यो भ्यागूतो दुलर्भ वन्यजन्तुमध्ये एक हो । यसको संरक्षणका लागि अन्तर्राष्टिय संघ संस्थाहरु लागेका छन् । प्रदूषण बढ्न थालेपछि यो भ्यागूतो संकटमा परेको हो ।

यसले छर्ने विषले मानिसलाई मृत्युको मुखसम्म पुर्याउँछ । तर यसले सधैँ विष छर्छ भन्ने छैन् । आफूलाई खतरा महसूस भएएएपछि मात्रै ये यसले विष छर्छ । यसको विषले चाडैँ असर गर्छ । यसको विष लागेको एक मिनेटभित्रै पिडितको पाखुराले नियन्त्रण गुमाउँछ र अन्त्यमा हृदयघात हुन्छ । वैज्ञानिकहरुले यस वर्षको विष यति धेरै कडा किन हुन्छ भन्ने सम्बन्धमा खास कारण पत्ता लगाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप