सिटी र आर्सनलको भारी जीत, लिसेस्टर र टोटनहममाथि दबाब
लण्डन - वाटफोर्डमाथि सहज जित निकाल्दै आर्सनलले प्रिमियर लिगको उपाधि जित्ने झिनो आशा कायमै राखेको छ । आजको खेलअघि घरेलु मैदानमा लगातर तीन खेल हारेको आर्सनलले ४—० को सहज जित दर्ता गरेको हो । आर्सनलले खेलको चौंथो मिनेटमा नै एलेक्सिस सान्चेजको गोलको मद्दतले अग्रता लिएको थियो । पहिलो हाफको अन्त्य तिर एलेक्स इओबीले आर्सनलको अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा हेक्टर बेलेरिन र थियो वालकोटले एक एक गोल थपे । जीतसँगै आर्सनलले शीर्ष स्थानमा रहेको लिसेस्टरसँगको दुरी आठ अंकमा घटाएको छ । ३१ खेलपछि आर्सनलको ५८ अंक रहेको छ । उता, म्यान्चेस्टर सिटीले पनि बोर्नेमाउथलाई समान ४—० गोलअन्तरले पराजित गर्दै शीर्ष चारमा आफ्नो पकड बलियो बनाएको छ । सिटीले १९ मिनेटभित्र ३ गोल गरेको थियो । जसमा फर्नान्डो, केभिन डि ब्रुयन र सजियो एगुएरोले एक एक गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा एलेक्सान्डर कोलारोभले एक गोल थपे । जितसँगै सिटीको ५४ रहेको छ र पाँचौं स्थानमा रहेको वेस्टह्यामभन्दा ३ अंकले अघि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण