बिस्केट जात्राका लागि भूकम्पपीडितको अस्थायी शिविर हटाइयो
भक्तपुर– यसवर्षको बिस्केट जात्रा मनाउनका लागि भूकम्पपीडितको अस्थायी शिविर हटाइएको छ ।
विनाशकारी भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएका भूकम्पपीडित बस्दै आएको भक्तपुर नगरपालिकाको ल्यासिंखेलस्थित बिस्केटको लिङ्गो उठाउने ठाउँमा बस्दै आएका भूकम्पपीडितलाई अन्यत्रै सारिएको हो ।
लिङ्गो उठाउने ठाउँमा बस्दै आएका करिब ६० घरपरिवार भूकम्पपीडितलाई नहटाउँदा जात्रा नै रोकिने भएपछि उनीहरूलाई अन्यत्र सारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए ।
उनले भने – “भूकम्पपीडितलाई त्यस स्थानबाट नसारे जात्रा नै रोकिने भएपछि तत्कालका लागि अन्यत्र सारेर त्यो ठाउँ खाली गराइएको छ अब जात्रा सञ्चालन गर्न सकिन्छ ।”
भूकम्पपीडितलाई अन्यत्र सारिएपछि प्रहरी र स्थानीय बासिन्दाको टोलीले त्यस क्षेत्रको सरसफाइ गरेका छन् । अबको एकसाता अर्थात् चैत २७ गतेदेखि सुरु हुने बिस्केट जात्राका लागि आवश्यक ठाउँ खाली गरिएपछि आज सरसफाइ गरिएको हो ।
यसवर्ष २७ गतेदेखि सुरु हुने जात्रामा पहिलो दिन मुख्यतः भैरवको रथ तान्ने गरिन्छ भने चैत ३० गते लिङ्गो उठाउने र १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढालिन्छ । आठ रात नौ दिनसम्म मनाइने यो जात्रा वैशाख ५ गते भैरवको रथ तानेर समापन गरिन्छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण