वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दो
जनकपुरधाम– धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या बर्सेनि बढ्दै गएको देखिएको छ ।
सुरक्षित आप्रवासन सूचना केन्द्र तथा परामर्श केन्द्र, मित्र धनुषा र जनचेतना अभियान नेपालद्वारा उक्त जानकारी दिइएको हो ।
तथ्याङ्कअनुसार गत वर्ष यस जिल्लाबाट २१ हजार ५८० जना वैदेशिक रोजगारीमा गएको र प्रत्येक वर्ष रोजगारीका लागि विदेश जानेको सङ्ख्यामा वृद्धिका कारण यो जिल्लाले सङ्ख्यात्मक दृष्टिले पहिलो स्थान ओगटेको छ ।
विसं २०६७ सम्म दोस्रो स्थानमा रहेको यो जिल्ला ०७०÷७१ देखि पहिलो स्थान ओगटेको छ । ०६७ सालमा नौ हजार ९२१, ०६८ सालमा १७ हजार ६४३, ०६९ सालमा १८ हजार ८९६ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ ।
वैदेशिक रोजगारी जानेहरूमा स्थानीय एजेन्टबाट जानेको सङ्ख्या अधिक रहेको र अधिकांश ऋण लिएर विदेश गएका छन् ।
अधिकांश व्यक्तिगत श्रम स्वीकृति प्रक्रियाबाट वैदेशिक रोजगारमा गएका कारण ठगीको सिकार हुनुपरेको छ । सही जानकारी र सूचनाको अभाव, सीप नहुनु र सीप लिन नचाहनु, सामाजिक लागत बढ्दै जानु, एजेन्ट तथा म्यान पावर कम्पनीको चलखेलजस्ता चुनौतीले गर्दा वैदेशिक रोजगार असुरक्षित बन्दै गएको छ ।
वैदेशिक रोजगारीमा ठगिने क्रममा वृद्धि भए पनि यस जिल्लाबाट राहदानी लिनेमा कमी नआएको बताइन्छ ।
तथ्याङ्कअनुसार ०७१÷७२ सालमा यस जिल्लाबाट ३९ हजार ५३ जनाले राहदानी लिएका छन् । यस जिल्लाबाट मुख्यतः साउदी अरब, कतार, मलेसिया र युएई जाने कामदारको सङ्ख्या अधिक देखिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण