कांग्रेस संसदीय दलको नेता नछाड्ने पौडेल पक्षको निर्णय
काठमाडौं– सभापतिको निर्वाचनमा शेरबहादुर देउवासँग पराजित भएका रामचन्द्र पौडेलले संसदीय दलको नेतामा पनि उम्मेद्वारी दिने भएका छन् । आइतबार बिहान पौडेलको अनामनगरस्थित सम्पर्क कार्यालयमा बसेको उनीपक्षीय नेताहरुको बैठकले पौडेललाई संसदीय दलको निर्वाचनमा उठाउने निर्णय गरेको हो । पौडेल पक्षीय एक नेताले संसदीय दलको निर्वाचनमा पौडेललाई उठाउन लागिएको जानकारी दिँदै भने, ‘पावर सेयरिङको आधारमा कांग्रेस चल्नुपर्छ । सोहि अनुसार उहाँ (पौडेल) लाई संसदीय दलको उम्मेद्वार बनाउने बैठकले निर्णय गरेको हो ।’ पौडेल पक्षको बैठकमा महामन्त्री शशांक कोइराला, केन्द्रिय सदस्य प्रकाशमान सिंह, शेखर कोइराला, दिलेन्द्र बडूलगायतको सहभागिता रहेको थियो ।
पौडेल पक्षले संसदीय दलको नेता आफूहरुले पाउनु पर्ने बताउँदै आएको छ तर सभापति देउवा पक्ष भने सो मान्न तयार छैन । दुबै पक्षको दाबीका कारण देउवा र पौडेलबीच फेरि संसदीय दलको नेतको लागि भीडन्त हुने देखिएको छ । निर्वाचन आगामी चैत २४ गते गर्ने तय गरिएको छ ।
यसैबीच संसदीय दलको निर्वाचनका लागि पौडेल समुहले गरेको माग अनुसार भएको विधान संशोधन पारित गराउनको लागि भोलि कांग्रेसको बैठक बस्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण