तीन कक्षा मात्र पढेका कवि जसको कविता विश्वविद्यालयमा पढाइन्छ
नयाँ दिल्ली – भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भर्खरै धीरुभाई अम्बानी, श्री श्री रविशंकर , साइना नेहवाल ललगायतका ५६ जना प्रबुद्ध व्यक्तिहरुलाई पद्म अवार्डले सम्मानित गरे । यसै सूचिका एक सहभागि ने आजीवन विभिन्न कठिनाईहरुलाई जितेर आज समाजको पे्ररणा बनेका छन् । उनको नाम कवि हलधर नाग हो । उनलाई भारतमा मानिसहरु लोक कवि रत्न भनेर चिन्छन् । एक विश्वविद्यालयका ५ विद्यार्थीहहरुले उनको काम र जीवनीमा पिएचडी गर्दैछन् । हलधरलले भने ३ कक्षा मात्रै पढेका छन् । १९५० मा ओडिशाको बारगढ जिल्लामा हलधरको जन्म एक गरिब परिवारमा भएको थियो । उनले मुस्किलका साथ ३ कक्षासम्म पढे । उनी १० वर्षको हुदाँ बाबुको निधन भएको थियो । यसपछि उनले आफ्नो परिवारको पेट पाल्नका लागि मिठाई पसलमा २ वर्षसम्म भाडा माझ्ने काम गरे । गाउँका मुखियाले उनलाई स्कुलमा खान पकाउने काम दिए । १६ वर्षमा एक स्कूलमा काम गर्ने क्रममा उनमा ऋण काढेर सानो स्टेशनरी पसल खोल्ने उपाय फुर्यो । स्टेशनरी चलाउन थालेपछि उनी कविता र लेखनमा समर्पित भए । उनको पहिलो कविता धोनो बारगछ सन् १९९० मा एक स्थानिय पत्रिकामा छापियो । कवि हलधरले आफ्नो पूरा जीवन जुत्ता चप्पल लगाएका छैनन् । उनी धोती र गन्जी लगाउँछन् । विश्वविद्यालयमा पढाईन्छ हलधरका कविता नागका अनुसार एक विधवाका बच्चाको जीवन निकै कठीन हुन्छ । हरेक समय एउटा नयाँ चुनौत आफ्नो अगाडी आएको हुन्छ । उनको कविता भारतका थुप्रै विश्वविद्यालयको पाठ्यक्रममा राखिएको छ । हलधर ग्रन्थावली–२ मा उनको प्रमुख रचना समावेश छ । हलधरले धेरैजसो संस्कृति, प्रकृति, धर्म र समाजमाथि कविता लेखेका छन् । ६६ वर्षका हलधर नाग कोसली भाषाका महान् कवि हुन् । उनले थुप्रै कविता तथा २० महाकाव्य लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण